अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै राष्ट्र बैंकद्वारा सहुलियत घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७६, सोमबार १०:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै सहुलियत घोषणा गरेको छ ।

राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणीहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले बताए ।

यसका आधारमा कोरोना भाइरसका कारण असर परेका क्षेत्रका ऋणीले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारिएको छ । शिवाकोटीका अनुसार चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन ।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१