अमेरिकामा २४ घण्टामा २ सय ५५ को मृत्यु : मृतकको संख्या २,४७५ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७६, सोमबार १०:०३

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २,४७५ पुगेको छ ।

यसका साथै इटलीमा कोरोनाका कारण ज्यान गुमाउने संख्या सबैभन्दा धेरै छ ।

यहाँ मृतकको संख्या १० हजार ७ सय ७९ पुगेको छ । विगत २४ घण्टामा ५ हजार २ सय १७ संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या ९७,६८९ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१