हाम्राे भान्छामा प्रयाेग हुने प्लास्टिकको पन्यूँले बिगार्छ कलेजो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७६, आईतवार ०६:५१

हाम्रो भान्छामा प्लास्टिकका थुप्रै चिज हुन्छन् । चम्चा–काँटा, डाडु–पन्यूँलगायत प्लास्टिकका सामानले कलेजो र थायराइडमा हानि पुर्‍याउने वैज्ञानिकहरू बताएका छन् । जर्मनीका वैज्ञानिकले भान्छामा प्रयोग गरिने प्लास्टिकका सामानले हानिकारक विषालु चिज पैदा गर्ने बताएका छन् । जर्मन फेडरल इन्स्टिच्युट फर रिस्क एसेस्मेन्ट नामक स्वतन्त्र संस्थाका वैज्ञानिकले उच्च तापक्रममा प्लास्टिक सामान विषजत्तिकै बन्ने भन्दै भान्छामा यी सामान प्रयोग नगर्न सर्वसाधारणलाई सावधान गराएका छन् ।

संस्थाले जर्मन सरकारलाई खाद्य सुरक्षामाथि सल्लाह दिने गर्छ । वैज्ञानिकले ७० डिग्रीभन्दा बढी तापक्रममा खाना पकाउँदा प्लास्टिकका सामान प्रयोग नगर्न सल्लाह दिएका छन् । उच्च तापक्रममा प्लास्टिकका सामानले उत्पादन गर्ने विषालु तत्त्वले मानव स्वास्थ्यमा नराम्रो असर पुर्‍याउने उनीहरूले बताएका छन् ।

उनीहरूले प्लास्टिकका सामानका कारण कलेजोलगायत शरीरका विभिन्न अंगमा हानि पुग्ने तथ्य प्रस्तुत गर्दै सकेसम्म भान्छामा प्लास्टिकका सामान प्रयोग नगर्न सुझाव दिएका छन् ।

कसरी आफ्नो भान्सालाई पोसिलो बनाउँने ? सजिला काइदाहरु यस्ता छन्

जनै पूणिर्मा र रक्षा बन्धन जस्ता दुई ठूला पर्व हामी मनाउछाै। यी दुबै पर्व एकै दिन मनाइन्छ । यी दुबै पर्वको एउटा सामुहिक विशेषता छ, उक्त दिन हामी क्वाँटीलाई खान्छौं । त्यसै पनि यो बर्खाको बेला झोलयुक्त खानेकुरा खाइन्छ, क्वाँटी भन्ने बित्तिकै हामी गेडागेडीको झोल नै सम्झन्छौं । यद्यपि, क्वाटी अर्थात गेडागुडीको झोल खानलाई कुनै चाडपर्व नै पर्खनु पर्छ भन्ने छैन ।

रेशादार खाद्य पदार्थको रुपमा समेत चिनिने गेडागुडी हामी हरेक मौसम र अवसरमा खान सक्छौं । यहाँ हामी गेडागुडी अर्थात रेशादार खानेकुरा वयष्कहरुलाई मात्र नभइ, बालबालिकाहरुलाई पनि कत्तिको महत्वपूर्ण छ भन्ने कुरामा चर्चा गर्दैछौं ।

चिकित्सकहरूका अनुसार स-साना बालबालिकाहरुलाई पनि ठूला मान्छेहरु झैं रेशायुक्त खाना उत्तिकै आवश्यक पर्छ । त्यस्ता खानेकुराले उनीहरुलाई फाइदा पुर्‍याउँछ । बाल रोग विशेषज्ञहरुका अनुसार कुनै पनि शिशु एक वर्षको हुने बित्तिकैदेखि रेशादार खानेकुरा खान दिन सकिन्छ । जसरी बालबालिकाहरुको तौल, उचाइ र उमेर बढेसँगै उनीहरुलाई धेरै क्यालोरीको आवश्यकता पर्दछ, त्यसैगरी उनीहरुलाई उचितमात्रामा रेशादार खानेकुरा प्रदान गर्नु आवश्यक हुन्छ ।

अझ बढ्दो उमेरका बालबालिकाहरुका लागि त यो खानेकुरा अनिवार्य नै छ भन्दा फरक पर्दैन । बालबालिकाहरुलाई सानै उमेरदेखि रेशादार खानेकुरा ख्वाउन थालियो भने उनीहरु कब्जियतको शिकार हुनबाट जोगिन्छन् ।

किन आवश्यक छ रेशादार खाना

धेरैजसो बालबालिकाहरु रेशादार खानेकुरा मन पराउँदैनन् । गेडागुडीको तरकारी पकाएको दिन उनीहरु भान्सामा पस्नै नपरे पनि हुन्थ्यो भन्ने सोच्दछन् । यसको ठिक विपरित, उनीहरुलाई यदि तपाईंले जंक फूड अथवा फास्टफुड अफर गर्नु भयो भने त्यसका लागि उनीहरु तुरुन्तै तयार हुन्छन् । दुःख लाग्दो कुरा के छ भने बालबालिकाको मोटोपन तथा कब्जियतको कारण नै जंक फूड हो भन्ने कुरा हामीले उनीहरुलाई बुझाउन सकिरहेका हुँदैन, जुन कुरा बुझाउन अति नै अनिवार्य छ ।

फाइदै फाइदा

रेशादार खानेकुराका फाइदाहरु प्रसस्त छन् । रेशादार खाना खाँदा हाम्रो पेट प्राकृतिक रुपले नै सफा हुन्छ । ठूला मान्छेलाई नै यसले कब्जियतबाट जोगाउँछ भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ । त्यसो त कब्जियतबाट बालबालिकाहरु पनि पीडित हुन्छन्, उनीहरुले रेशादार खानेकुरा खाए भने त्यो समस्याबाट छुटकारा पाउँछन् । त्यसैले बालबालिकाहरुको खानामा रेशादार खानेकुरालाई समावेश गर्नैपर्छ । यस्ता खानेकुराले उनीहरुको मोटोपनालाई नियन्त्रण गर्न समेत सहज हुन्छ ।

हामीले प्रत्येक दिन खाने खानामा रेशायुक्त खानेकुरा समावेश छैन भने त्यसले बढ्दो उमेरका बालबालिकाको शारीरिक विकासमा समेत नकारात्मक प्रभाव पार्न सक्छ । रेशादार खानेकुरामा क्यालोरी, भिटामिन, खनिज जस्ता तत्व नभए पनि यो बालबालिकादेखि वयष्कसम्मलाई उत्तिकै उपयोगी छ ।

रेशादार खानेकुराले हाम्रो पाचन प्रकृयालाई पनि स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । हाम्रो पेटमा हुने आन्द्रालाई प्राकृतिक रुपले नै काम गर्नलाई यो खानेकुराले सहयोग गरिरहेको हुन्छ । त्यसैले यो खानेुकुराको नियमित सेवनले आन्द्रासँग सम्बन्धित समस्या नै उत्पन्न हुँदैन ।

त्यति मात्र होइन, रेशादार खानाले हाम्रो शरीरको ब्लड सुगरको लेभललाई पनि स्थिर बनाइराख्छ । रगतमा हुने ग्लूकोजको मात्रालाई यसले नियन्त्रण गर्ने खुबी राख्दछ ।

रेशादार खानेकुराबाट शरीरले आवश्यक पोषण प्राप्त गर्दछ, जसबाट शरीरलाई इनर्जी पनि प्रँप्त हुन्छ । यो खानेकुराले कोलेस्ट्रोललाई समेत नियन्त्रण गर्दछ । जसका कारण हाम्रो मुटु सुरक्षित हुन्छ । मुटु सम्बन्धि रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

चिकित्सकहरुका अनुसार रेशादार खाना एक प्रकारको कार्बोहाइड्रेट हो, जुन रुख-बिरुवामा पाइन्छ । स्वास्थ सम्बन्धि अध्ययनहरुका अनुसार रेशादार खानाले मधुमेयलाई समेत कम गर्न सहयोग पुर्‍याउँछ । रेशादार खानाको नियमित सेवनले क्यान्सरबाट समेत जोगिन सकिने चिकित्सकहरुको भनाइ छ ।

कुन उमेरदेखि खाने ? कति खाने ?

रेशादार खानेकुराले शरीरलाई राम्रो गर्छ भन्दैमा एकै पटकमा धेरै मात्रामा खानु पनि हुँदैन । एकैपटक धेरै खाएमा अपच हुने निश्चित छ । अझ बालबालिकाहरुलाई त आवश्यकता भन्दा बढि रेशादार खानेकुरा दिनै हुँदैन ।

रेशादार खानामात्र खाइरहँदा शरीरलाई आवश्यक खनिज तत्वको अभाव हुनसक्छ । रेशायुक्त खानाको मात्र बढाइयो भने यसले नकारात्मक प्रभाव पार्न सक्छ । जस्तै पेटमा ग्यास बढ्ने, पेट फुल्ने, कब्जियत हुने जस्ता समस्या देखा पर्न सक्छ । त्यसैले रेशादार खाना खाँदा थोरै, बिस्तारै तथा मात्रा मिलाएर खानु उचित हुन्छ ।

बालबालिकाहरुलाई त धेरै मात्रामा रेशादार खाना दिन थालियो भने उनीहरुको भेट भरिएको अनुभव गर्छन् । जसबाट उनीहरुको शरीरमा अन्य पोषक तत्वहरु जानै पाउँदैन । बालबालिकाहरुलाई रेशायुक्त खानेकुराको साथमा पानी पनि प्रसस्त पिलाउनु पर्छ । यद्यपि, धेरै पानी पिइयो भने डाइरिया हुन सक्छ भने थोरै पानी पिइयो भने कब्जियत समेत हुनसक्छ । त्यसैले पानी पनि ठिक्क मात्रामा पिउनु पर्छ ।

के भन्छन् चिकित्सक ?

चिकित्सकहरूका अनुसार एकदेखि तीन वर्षसम्मका बालबालिकाहरुलाई खानामा १५ ग्राम तथा ४ देखि ८ वर्षसम्मका बालबालिकाहरुलाई २५ ग्राम रेशादार खाना दिनु आवश्यक हुन्छ । यसका साथै बालबालिकाहरुलाई सन्तुलित डाइट प्रदान गर्नुपर्छ । त्यस्तो डाइटमा चिल्लो पदार्थ, डेरी प्रोडक्ट, फलफूल, साग-सब्जी, मासु, दाल आदि पर्याप्त मात्रामा समावेश गर्नु पर्छ । यस्ता खाद्य पदार्थबाट शरीरले ग्यालोरी प्राप्त गर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

सिमी जातको गेडागुडी राजमा र यसका फाइदाहरु

राजमा सिमी जातको गेडागुडी (Kidney bean) हो | यो एक पञ्जाबी व्यञ्जन हो । प्रोटिनको उच्च स्रोत भएको राजमा केटाकेटी, सुत्केरी र गर्भवती महिलालाई खुवाउनु फाइदाजनक छ । यससँगै राजमाका अन्य धेरै फाइदा छन्, जसबारे धेरैलाई थाह नहुन सक्छ।

१. राजमामा आइरनको मात्रा पनि धेरै हुन्छ । त्यसैले रक्तअल्पताका बिरामीलाई राजमाको दाल खुवाउनु प्रभावकारी मानिन्छ । मांशाहारी खानेकुराबाट प्राप्त हुने आइरनभन्दा प्रभावकारी आइरन नभए पनि न्यून चिल्लो पदार्थ हुने भएकाले मुटुरोगी अथवा मोटोपना भएका व्यक्तिका लागि राजमा उत्तम वैकल्पिक खानेकुरा हुन सक्छ।

२. राजमामा भिटामिन बि १, कप्पर, फस्फोरस र पोटासियम जस्ता पोषक तत्व प्रसस्त पाइन्छ । यस्ता खनिज पदार्थको हाम्रो शरीरभित्र छुट्टै महत्व हुन्छ । फस्फोरस बलियो हड्डी र दाँतका लागि आवश्यक छ भने, भिटामिन बि १ ले हाम्रो मष्तिस्कको विकास र कार्यमा मद्दत पुर्‍याउँछ ।

३. राजमामा घुलनशील र अघुलनशील दुवै थरिका फाइबर पाइन्छ । घुलनशील फाइबरले शरीरमा रहेको कलेस्टेरोलसँग बाँधिएर शरीरबाट कोलेस्टेरोल निष्कासन गर्न मद्दत गर्छ । अघुलनशील फाइबरले कब्जियतसँगै ठूलो र सानो आन्द्रासँग सम्बन्धित विभिन्न रोग लाग्न नदिन मद्दत गर्छ ।

४. त्यसैगरी, राजमामा पाइने फाइबरले कलेस्टेरोल कम गराएर मुटुरोग हुनबाट जोगाउँछ । राजमामा पाइने फोलेट र म्याग्नेसियम नामक तत्वले पनि मुटुको क्रियामा मद्दत पुर्याएर मुटु स्वस्थ राख्न मद्दत गर्छ ।

५. यसैगरी, चिनी रोगीका लागि पनि राजमा उपयुक्त खानेकुरा हुन सक्छ । यसमा भएको घुलनशील फाइबरले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सघाउँछ ।

६. हामीले खाएको खानाबाट शक्ति प्राप्त गर्न हाम्रो कोषभित्र विभिन्न क्रिया हुन आवश्यक छ । त्यस्ता क्रियाहरुमा महत्वपूर्ण भूमिका खेल्ने ‘म्यान्गनिज’ नामको खनिज पदार्थ राजमामा प्रसस्त मात्रामा पाइन्छ । साथै, हाम्रो शरीरभित्र बन्ने विभिन्न हानिकारक तत्व (जस्तैः फ्रि रेडिकल) लाई निस्क्रिय पार्न पनि यो खनिज तत्वले भूमिका खेल्छ ।

७. ‘धेरै खाए गुण पनि तीतो हुन्छ’ भन्ने नेपाली उखानै छ । त्यस्तै, राजमा पनि धेरै र गलत ढंगले प्रयोग गरेमा शरीरलाई प्रतिकुल असर पर्न सक्छ । काँचो राजमामा ‘फाइटोहेमाग्लुटिनिन’ भन्ने विषालु तत्व पाइन्छ, जसले हाम्रो कोषहरुमा हुने कार्यलाई बिथोल्ने गर्छ । यो तत्वलाई हटाउन राजमालाई राम्रोसँग पकाएर खानु जरुरी छ ।

यस्ता छन्, उम्रेको गेडागुडी खादा स्वास्थ्यमा पुग्ने फाईदा

टुसा पलाएको गेडागुडी खादा हाम्रो स्वस्थ राम्रो हुन्छ । सकेसम्म काचै खादा राम्रो हुन्छ तर राम्रो संग पखालेर मात्र । यस्ता छन् टुसा पलाएको गेडागुडी खादा स्वास्थ्यमा यस्ता फाईदाहरु हुन्छन् ।

१. शिशुको स्वास्थ्य

शिशुहरूमा ‘फोलेट’ नामक खनिज पदार्थको कमि हुँदा हुने गर्दछ । यो भनेको मस्तिष्कको समस्या हो । यो समस्या हुँदा बच्चाहरूको दिमाग बोधो हुने, चाँडै बोल्न नसक्ने, भनेको कुरा चाँडै बुझ्न नसक्ने जस्ता खतरनाक समस्याहरू देखा पर्दछन् ।

टुसा पलाएको अन्नमा प्रशस्त मात्रामा फोलेट पाइन्छ, जसले गर्दा तपाईँको शिशुमा यस्ता समस्या हुनबाट बचाउँछ ।

२. मुटुको स्वास्थ्य

टुसा पलाएको अन्न ‘ओमेगा ३ फ्याटी एसिड’को श्रोत हो । यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ। साथै यसले मुटुको धमनीमा पर्ने दवाव र जलनलाई पनि कम गराउँछ ।

३. आँखाको स्वास्थ्य

टसुा पलाएको अन्नमा प्रशस्त भिटामिन ए पाइन्छ । आँखाको दृश्य शक्तिलाई बढाउने एउटै मात्र तत्व भनेको भिटामिन ए नै हो ।

यसमा हुने एण्टिअक्सिडेन्ट तत्वले आँखाको रेटिनाको कोषलाई फ्री राडिकलबाट बचाउँदछ र उमेरसँगै रेटिनाको ह्रास हुने क्रमलाई पनि घटाउँदछ।

४. रक्तसञ्चार

शरीरमा पर्याप्त मात्रामा फलाम भएन भने ‘रक्तअल्पता’ हुन्छ । रक्तअल्पता हुँदा शरीरका मांशपेसी अनि अन्य महत्वपूर्ण अङ्गमा रगतको सञ्चार हुन पाउँदैन।

हामीले पर्याप्त मात्रामा फलाम भएका खानेकुराहरू खाएनौँ भने शरीरमा बिस्तारै रक्तकोषको मात्रा घट्दै जान्छ । रक्तकोष निर्माणको लागि चाहिने महत्वपूर्ण तत्व फलाम हो । टुसा उम्रेको अन्नमा प्रशस्तै मात्रामा फलाम पाइन्छ, जसले यस्ता समस्याहरूबाट सजिलै राहत प्रदान गर्दछ ।

५. पाचन शक्ति

गेडागुडीको टुसामा पाइने ‘इन्जाइम’ सबैभन्दा महत्वपूर्ण तत्व हो । यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा सुधार ल्याउँछ ।

इन्जाइमको सहायताले हामीले खाएको खानालाई सजिलै टुक्र्याउँदछ र त्यसबाट सामान्य भन्दा धेरैमात्रामा पौष्टिक तत्वहरू सोस्न सक्दछ । जसले गर्दा शरीरले पर्याप्त मात्रामा ऊर्जा पनि पाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१