भुलेर पनि तुलसीको पातलाई कहिलै पनि यसरी प्रयोग नगर्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७६, आईतवार ०६:४७

धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ । यसको प्रयोगले नै वा सेवन गर्दा धरै किसिमका रोगहरु घरमै पनि निको पार्न सकिन्छ ।

यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग गर्दा फाइदा होइन बेफाइदा पनि हुन सक्छ । सावधान धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन् । थाहा पाइराख्नुस तुलसीको पातलाई के गर्नुहुँदैन ?

कहिल्यै नचपाउनुहोस् तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ । त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ ।

शिवलिङ्गमा नचढाउनुहोस् हिन्दु धर्मका ग्रन्थअनुसार, एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन् । त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन् । विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन् । त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ ।

यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस्

आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्

हिन्दु धर्म ग्रन्थ अनुसार गणेश भगवानले वृन्दाको श्रापलाई कम गरीदिए ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस् । तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् ।’त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस्

हिन्दु धर्मग्रन्थमा उल्लेख भए अनुसार जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन् । तर विष्णुले अस्वीकार गरे र भने “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ” त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे । त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ ।

यस्ता छन् तुलसीको पात खादाको फाइदाहरु

संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् ।

यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ ।

तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

औषधोपचार

१. धेरै दिशा लागेमा

८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

२. आउँ, शुल परेमा

१०/१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

३. दिशामा रगत आएमा

१/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

४. अल्काई भएमा

तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

५. बालतोड् घाऊ भएमा

पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

६. घाँटी बसेमा

घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग मिलाएर खादाँ घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।

तुलसीको पात खादाको अरु फाइदाहरु

१. तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।

२. तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन ।

३. त्यस्तै तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।

४. तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।

५. तुलसीमा हुने पेनकिलर गुणले माइग्रेनका कारण हुने टाउकोदुखाइलाई यसले कम गर्छ । दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ

६. तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।

७. तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।

८. अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।

९. तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।

याे जानकारी पनि अत्यन्तै महत्वपुर्ण छ ।

दाँत दुखेर हैरान हुनुहुन्छ ? केही क्षणमै दुखाई चट् पार्ने यी घरेलु उपचारविधि

दाँतको सहि संभार नहुदा यसमा लाग्ने रोगले दुखाइ निम्त्याउँछ जुन सहन निकै गाह्रो हुन्छ दाँत दुखाइबाट बच्ने केहि उपायहरु

निमपत्ता

निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ ।

ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ। दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।

नुन–पानीले कुल्ला गर्ने

नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ । एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ ।

ल्वाङको तेल राख्ने

दाँत दुख्दा ल्वाङको तेल राखेर घरमै उपचार गर्न सकिन्छ । यो तेलले दाँत बल्केको वा दुखेको कम गर्छ। तेल नभएको अवस्थामा ल्वाङको फुललाई नरिवलको तेलमा फुराएर त्यसको धुलो दाँत दुखेको ठाँउमा लगाउन सकिन्छ ।

चिसो प्याक प्रयोग गर्ने

दुखेको दाँतमाथि चिसो कटनको टुक्रा राखेर दुखाईबाट क्षणिक रुपमा बँच्न सकिन्छ ।

तुलसी पत्ताको पेस्ट वा रस लगाउने

तुलसीको रसले दाँत दुखाईबाट उत्पन्न हुने ज्वरोसमेत निको गर्छ। तुलसीको रसलाई कटनको कपडामा दलेर दुखेको ठाउँमा लगाउन सकिन्छ ।

दाँत दुखाई रोक्न तुलसी निकै प्रभावकारी मानिन्छ। एक मुठी तुलसीको पात टिपेर राम्रोसँग पखाली त्यसलाई मसिनो गरि पिसेको पेस्ट वा रस दुखेको ठाँउमा लगाउँदा दुखाई निको गर्छ ।

यो पनि पढ्नुस

अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन् । तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ । र हामी कमजोर बन्दै जान्छौँ । समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ । यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो । अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ । हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन् । यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ । असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१