बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा अत्यावस्यक खाद्यान्न देखि औषधि पसल खोल्ने समय तोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७६, शनिबार ०९:०७

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले आफ्नो वडा भित्र रहेका अत्यावस्यक खाद्यान्न ,औषधी ,तरकारी ,डेरी र ग्यास पसलको खोल्ने समय तोकेको छ।

वडा कार्यालयमा बसेको वडा समितिको आकस्मिक बैठकले बिहान ६ बजे देखि ७.३० बजे सम्म र बेलुका ५ बजे देखि ६.३० बजे सम्म उक्त सेवा प्रदान गर्ने पसलहरु खोल्ने निर्णय गरेको हो ।

आफ्नो वडामा रहेका कसैलाई पनि आपतकालीन अवस्था परेमा आफ्नो निजि सवारी साधन सहयोगका लागि तयारी अवस्था रहको जानकारी दिदै अधिकारीले वडाले आपतकालीन अवस्थाका लागि सम्पूर्ण तयारी गरेको जानकारी दिए ।

त्यस्तै वडाले विदेस बाट आउने वडावासीको विवरण संकलन भैरहेको र त्यसका लागि सहयोग गर्न वडावासीलाई अनुरोध गर्दै वडा अध्यक्ष राजु अधिकारीले कुनै पनि आपतकालीन अवस्था परेमा वडामा सम्पर्क गर्नका लागु अपिल गरेका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१