लकडाउनको उल्लंघन गर्ने एक हजार बढी सवारी साधन नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७६, बिहीबार ०५:४८

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १ हजार ६३ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला सवारी गरी जम्मा १०६३ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

ती नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको ढकालले बताए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१