सातौ क्यान सफ्टवेयर मेला काठमाडौंमा शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७१, शुक्रबार ०९:५४

काठमाडौंको भृकुटीमण्डपमा सफ्टेक मेला सुरु भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा सञ्चालन भएको सातौं संस्करणको सफ्टेक मेलाको उद्घाटन संविधानसभा अध्यक्ष सुभास नेम्बाङले गरेका थिए ।  
उद्घाटन समारोहमा बोल्दै सम्माननिय सभामुख नेम्बाङले सूचना तथा संचारप्रविधिको क्षेत्रको विकास, विस्तार तथा प्रबद्र्धनका निम्ती आफु र गरिमामय संविधानसभाले सक्दो सहयोग गर्ने बताउनुभयो । सफ्टेकको आयोजनाले प्रविधिमैत्री सेवाहरुलाई प्रोत्साहन गरेको बताउदै सभामुख नेम्बाङले यसप्रकारको मेलाले प्रविधि प्रयोकर्ता, उद्यमी, अन्वेशक, सेवा प्रदायक र यससम्बन्धी चासो राख्ने विद्यार्थी लगायत सरोकारवाला सबैलाई प्रत्यक्ष लाभ मिल्ने बताउनु भयो । निर्धारित मितीमै संविधान दिनुपर्ने अहिलेको चुनौतीलाई निर्वाह गर्न आफु प्रतिबद्ध रहेको बताउदै सभामुखले प्रविधिको सक्दो उपयोग गरेर नेपालले आगामीदिनमा ब्यापार, शिक्षा, स्वास्थ्य, संचार, अनुसन्धान, पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य फाइदा लिनसक्नुपर्ने बताउनुभएको थियो ।  प्रविधिको उच्चतम प्रयोगले विश्वका धेरै मुलुकहरुले आर्थिक फड्को मारेको सभामुखको कथन थियो ।
समारोहमा क्यानका अध्यक्ष विनोद ढकालले सफ्टेकको सातौं संस्करणको परिचय दिदै निजिक्षेत्रको तर्फबाट सूचना प्रविधिको विकासका निम्ती प्रविधि प्रयोगकर्तालाई प्रविधि मैत्री बनाउन आइटी मेलालाई निरन्तरता दिदै आएको बताउनुभयो । विश्वविख्यात स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेज एन्ड सलुसन्स र कम्युनिकेसन सम्बन्धी कम्पनीहरुले भाग लिएको सफ्टेकको सातौं संस्करणमा उल्लेखित क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन भैरहेको अध्यक्ष ढकालको कथन थियो । उद्घाटन समारोहमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सूचना तथा संचारप्रविधि क्षेत्रको विकासलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल सरकारको स्वामित्वमा निर्माण सम्पन्न भई हालसम्म संचालनमा आउन नसकेको काभ्रे पनौतिस्थित देशको एकमात्र सूचना प्रविधि पार्कलाई व्यवस्थित तथा दिर्घकालिन संचालनका निम्ती प्रकृया अघि बढाइएको पौडेलले बताउनुभयो । 
समारोहमा क्यानका अध्यक्ष विनोद ढकालले सफ्टेकको सातौं संस्करणको परिचय दिदै निजिक्षेत्रको तर्फबाट सूचना प्रविधिको विकासका निम्ती प्रविधि प्रयोगकर्तालाई प्रविधि मैत्री बनाउन आइटी मेलालाई निरन्तरता दिदै आएको बताउनुभयो । विश्वविख्यात स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेज एन्ड सलुसन्स र कम्युनिकेसन सम्बन्धी कम्पनीहरुले भाग लिएको सफ्टेकको सातौं संस्करणमा उल्लेखित क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन भैरहेको अध्यक्ष ढकालको कथन थियो । सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीको अवसरमा विभिन्न कम्पनीहरुले स्कीम तथा छुट कार्यक्रम संचालन गरेका छन् । टाइटल स्पोन्सर सुविसुले इन्टरप्राइज र रिटेल ग्राहकका लागि विभिन्न सेवा र सर्भिसमा स्कीम कार्यक्रम संचालन गरेको छ भनें नियो इआरपीले आफ्ना सफ्टवेयर ट्याब्लेटमा छुट दिएको छ । मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले रिम, सिम र इभिडियोमा अफर ल्याएको छ । यस्तै क्यास्परस्की एन्टिभाइरसमा विशेश छुट प्रदान गरिएको छ । मेलामा टचकोनको अक्टाकोर स्मार्टफोन सार्वजनिक भएको छ । प्रेष्टिजिओको स्मार्टफोनमा नया“ अफरहरु सार्वजनिक गरिएको छ । यस्तै कलर्सका स्मार्टफोन र ट्याब्लेटहरु पनि सार्वजनिक भएको मेलामा मिदास टेक्नोलोजीले अवलोकनकर्तालाई निशुल्क मिदास सफ्टवेयर वितरण गरिएको छ । डिजिकमका जिङ्क सेरिजका वायरलेस राउटर पनि मेलामा छुट मुल्यमा उपलब्ध छन् । क्यान सफ्टेककै अवसर पारेर वेब सेक्युरिटी, शिक्षण संस्था र उद्योग बिचको खाडल न्यूनिकरण, ई–एजुकेसन र भर्चुलाइजेसनमा सेमिनार हुनेछ । 
मेलामा सफ्टेवर, सोलुसन तथा कम्युनिकेसनसँग सम्बन्धित ५५ वटा कम्पनीका एक सय ४२ स्टल रहने छन् । ४ दिनसम्म चल्ने सफ्टेक मेलामा नेपालमा विकसित सफ्टवेयर, यसको प्रयोग, आइटीसम्बन्धी सेवा, सुविधासँगै त्यसको जानकारी दिने र मोबाइल एप, मोबाइल कम्पनी, सेक्युरिटी सोलुसन, पावर सोलुसन, भर्चुलाइजेसन जस्ता सेवा रहने क्यानले जनाएको छ ।
मेलाको प्रवेश टिकटदर सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको छ । त्यस्तै सामुदायिक विद्यालयका विद्यार्थीले निःशुल्क प्रवेश पाउने व्यवस्था क्यानले गरेको जनाएको छ । मेला एक लाख ५० हजारले अवलोकन गर्नुका साथै सूचना प्रविधिसँग सम्बन्धित ज्ञान लिने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१