रुघा खोकी के हो ? उपचार कसरी ? लाग्नै नदिने कसरी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७६, सोमबार ०५:४२

१. रुघा खोकी भनेको के हो?
२. “रुघा” (common cold), “रुघा” (flu) र “रुघा” (allergy) कसरी लाग्छ ?
३. उपचार कसरी गर्ने ?
४. चिसोको allergy छ l यसबाट कसरी छुटकारा पाउने हो?
५. रुघा (common cold वा flu) लाग्नै नदिन के गर्ने?


१. रुघा खोकी भनेको के हो?
— नाक बन्द हुने, बारम्बार सिगान आउने, नाक-आँखा चिलाउने, हाँच्छ्यु आउने, खोकी लाग्ने, घाँटी खस-खस हुने, कान दुख्ने, टाउको दुख्ने, शरीर गल्ने आदि लक्षणहरु भएको खण्डमा सामान्य बोलीचालीको भाषामा रुघा खोकी भनिन्छ l यी लक्षणहरु धेरै कारणले हुन सक्छन जस्तै common cold (virus), flu (virus), allergy (allergic rhinitis), sinusitis (पिनास), bronchitis, vasomotor rhinitis आदि l यहाँ तीन मुख्य कारक तत्वले दिने लक्षणहरुको भिन्नता छुट्याउने प्रयास गर्नेछु l

— “रुघा” (allergy)(Allergic Rhinitis) = हाँच्छ्यु (एक चोटीमा लगातार ३ देखि ७ पटकसम्म आउने); सिगान (पानी जस्तै पातलो बगीरहने निरन्तर, जत्तिखेर पनि); नाक बन्द (प्राय हुन्छ); ज्वरो (आउंदैन, आयो भने १००.४ कट्दैन); खोकी (प्राय लाग्दैन, लाग्यो भने त्यति समस्याको रुप लिदैन); घांटी दुख्ने र निल्न गार्हो (प्राय हुँदैन); नाक-आँखा चिलाउने (प्राय हुने गर्छ, बिशेषगरी नाक वरिपरी र भित्रि भाग औधि चिलाउछ); अबधि (२ हप्ता भन्दा लामो समय, फेरी बारम्बार भैरहने वा प्रत्येक साल एकै खाले मौसममा भै छाड्ने);
— “रुघा” (common cold virus) = हाँच्छ्यु (एक चोटीमा १-२ पटक); सिगान (हल्का बाक्लो, सामान्य दिनमा भन्दा अलि धेरै बग्ने); नाक बन्द (प्राय हुन्छ); ज्वरो (१००.४ कट्दैन); खोकी (प्राय लाग्छ); घांटी दुख्ने र निल्न गार्हो भएको जस्तो हुने (सम्भावना धेरै हुन्छ); नाक-आँखा चिलाउने (प्राय हुँदैन, भयो भने निरन्तर चिलाउने हुँदैन); अबधि (२ हप्ता भन्दा कम समय, अर्को ५-६ महिना वा एक सालसम्म कुनै रुघा लाग्दैन)
— “रुघा” (flu virus) = “रुघा” (common cold virus) मा हुने सबै लक्षणहरु + ज्वरो (१००.४ कटेर १०४ सम्म सजिलै पुग्ने); थकान (उठ्नै नसक्ने, पहिले सजिलै उचाल्न सक्ने ७ केजी जत्तिको सामान अब उचाल्न नसक्ने अवस्था हुने, थला परेर बस्ने); यसबाट बालबच्चा, बुढाबुढी र दिर्घरोगीहरुको ज्यानै पनि जान सक्छ;

२. “रुघा” (common cold), “रुघा” (flu) र “रुघा” (allergy) कसरी लाग्छ ?
— Allergy चाही बोट-बिरुवामा फूल फुल्ने बेलामा निस्कने pollen, कुनै बिरुवा वा झारबाट निस्कने भुँवा, जीव जनवारका (कुकुर, बिरालो, गाई, भैंसी आदिका) रौँ वा चायाँ वा मलमुत्र, घरमा हुने साङ्ग्ला, मुसा लगाएत अन्य स-साना जीवका मलमुत्र, दुवा-धूलाका मसिना कण, सिरक-डसनामा वा पुराना किताबमा आँखाले देख्न गार्हो हुने मसिना जीवहरु, घर भित्र वा बाहिरका ढुसी आदिबाट हुने गर्छ l यी चिजहरुले सबैलाई असर गर्दैन तर कसै कसैको रोग प्रतिरक्षा प्रणालीले यी चिजलाई निकै खतरनाक ठान्दिन्छन् l जब यी allergen (allergy बनाउने तत्व) शरीरमा पस्छ तब रोग प्रतिरक्षा प्रणाली (immune system) सक्रिय हुन थाल्छ l ति allergen लाई सिध्याउन भनेर शरीरले immune cells बाट बिभिन्न chemical निक्लीदिन्छ l त्यसपछि नाक र स्वास प्रस्वासको माथिल्लो क्षेत्र चिलाउने, मसिना रक्तनलीहरु leak हुने अनि सुन्निने गर्छ l जबसम्म हामी allergen को नजिक हुन्छौं तबसम्म यो समस्या निरन्तर हुन्छl त्यसैले पनि मसिना झार र रुख बिरुवाका पालुवा पलाउने बेलामा वा फूल फुल्ने बेलामा निस्कने pollen को कारणले allergy हुनेलाई महिनादिनसम्म समस्या निरन्तर भैराक्छ l जसलाई seasonal allergy भनिन्छ l

— Common cold बिभिन्न किसिमको virus जस्तै rhino virus, corona virus आदिले गर्दा लाग्छ l जब यी virus हरुले ग्रस्त भएकाहरु हामी नजिक हाँच्छ्यु गर्छन वा ढोकाको handle वा बेन्च टेबल वा अन्य सामान छुन्छन अनि हामी ति मानिसका नजिक हुन्छौं वा तिनले छोएका समानहरु छुन्छौं तब हामीलाई पनि ति virus सर्छ l ति virus हाम्रो शरीरमा पुगेपछि हाम्रो रोग प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्छ र ति virus लाई मार्ने वा बाहिर धकेल्ने वा लखेट्ने प्रक्रिया सुरु हुन्छ l त्यसैले नाक बन्द हुने, हाँच्छ्यु आउने, खोकी लाग्ने, तापक्रम बढ्ने आदि लक्षण देखा पर्छन l यदि हाम्रो शरीर स्वस्थ छ, सबै अंगहरुले राम्रोसंग काम गर्छन, चुरोट-रक्सि धेरै पिउने जस्ता बानी छैन र रोग प्रतिरक्षा प्रणाली राम्रो छ भने common cold virus ले खासै दुख दिदैन l
— Flu चाही Influenza virus को कारणले लाग्छ l यो virus को प्रकारलाई H र N नम्बर दिएर छुट्याइन्छ l जस्तै Swine Flu (H1N1), Bird Flu (H5N1) आदि l रोग प्रतिरक्षा प्रणाली कम हुनेहरु जस्तै बालबच्चा, बुढाबुढी र दिर्घ रोघीहरुको Flu ले ज्यानै पनि लिन सक्छ;

३. उपचार कसरी गर्ने ?
— Common cold र Flu: यो virus लाई हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीले सजिलै तह लगाउन सक्ने हुनाले उक्त (रोग प्रतिरक्षा) प्रक्रियालाई सजिलो हुने ब्यबहार गर्नु जरुरी हुन्छ l करिब ५ दिन आराम गर्ने; तातो पानी, soup, तरकारीको रस आदि प्रसस्त पिउने; तातो बाफ लिने; सिगान पुच्छ्दा कपडाको रुमाल प्रयोग नगर्ने, नाक पुच्छ्ने paper को प्रयोग गर्ने र trash can मा फाल्ने (रुमालमा ति virus हरु २४-४८ घण्टा वा बढी समय बस्न सक्छन भने नाक पुछ्ने paper मा १५-३० मिनट मात्रै); प्रत्येक पटक साबुन पानीले धुने; towel तातो पानीमा भिजाएर-निचोरेर गालामा र निधारमा सेक्ने; टाउको दुखे paracetamol (acetaminophen) वा ibuprofen दिनको ३-४ पटकसम्म खाने (१० बर्ष मुनिकाले यस्तो बेलामा ibuprofen खानु हुँदैन) l नाक बन्द भएको छ भने नुन-पानी नाकको एक प्वालमा छिराएर अर्को प्वालबाट निकाल्ने; नसके नुन-पानीको spray गर्ने; यसो गर्दा पनि भएन भने फार्मेसीमा सजिलै पाइने Phenylephrine, Chlorpheniramine, Phenylpropanolamine प्रयोग गर्दा पनि हुन्छ जुन प्राय paracetamol वा अन्य औषधिमा मिसाएर बेचिएको हुन्छ ( यो १२ बर्ष भन्दा माथि उमेरकोले प्रयोग गर्नु पर्छ); त्यसले पनि नभए decongestant spray (fluticasone, triamcinolone, mometasone आदि) किनेर दिनको २ पटकसम्म प्रयोग गर्ने; घांटीमा खकार जमेको जस्तो भए guaifenesin को प्रयोग गरेर खकारलाई पातलो बनाउने; खोकीले पनि सताउने गरेको छ भने dextromethorphan लिने वा guaifenesin र dextromethorphan दुवै भएको औसधि लिने; खोकीको लागि benzonate पनि पाइन्छ तर १० बर्ष माथिको उमेरले मात्र प्रयोग गर्न मिल्छ; यी औषधिहरुले कुनै पनि हालतमा खोकी बन्द नभएको खण्डमा डाक्टरको prescription चाहिने खालको औषधि प्रयोग गर्नु पर्ने पनि हुन सक्छ l ५ दिन कट्दा लक्षणहरु कम भएनन् र झन् शरीर गल्न थाल्यो भने डाक्टरकोमा जानु पर्छ;

— Allergy (Allergic Rhinitis): यसको लागि पहिला के को allergy हो भनेर पत्ता लगाउने; TB को test जस्तै allergy को skin test गर्न मिल्छ तर नेपालमा सबैतिर सजिलै उपलब्ध छ छैन मलाई थाह भएन l कुन कुराको allergy हो भनेर पत्ता लगाए पछि सो allergy दिने कुरा (allergen) बाट पर हुन सक्यो भने कहिल्यै दुख पाइदैन र कुनै औषधिको पनि प्रयोग गर्नु पर्दैन l सकिएन भने allergy को लक्षण हुने बित्तिकै औषधिहरु प्रयोग गर्ने l चिलाउन कम गर्न र हाँच्छ्यु कम गर्न फार्मेसीमा पाउने औषधिहरु यस प्रकार हुन्छन: diphenhydramine (यसले अलि ज्यादा निन्द्रा जगाउन सक्छ त्यसैले राती सुत्ने बेलामा खाँदा राम्रो), cetrizine, levocetrizine, fexofenadine, loratidine, desloratadine आदि l यी बाहेक अन्य पनि हुन्छन जुन डाक्टरको prescription चाहिन सक्छ l नाक बन्द भए, खोकी लागे वा टाउको दुखे माथि common cold र flu मा लेखिएको औषधि प्रयोग गर्दा हुन्छ l नाकबाट सिगान बगेको बग्यै गरेर हैरान गरेको छ भने ipratropium inhaler को स्प्रे दिनको ३-४ पटक सम्म लिने र सोहि बखत घाँटी खस खस गर्ने र खोकी पनि लाग्ने गरेको छ भने azelastine स्प्रे दिनको दुई पटक लिने l कसै कसैलाई Allergic Rhinitis बनाउने allergen ले Asthma पनि ब्युझाइदिने हुन्छ l यस्ता व्यक्तिले श्वासनली खोल्ने inhaler (जस्तै: albuterol) साथमा राख्नुपर्छ र दिनको ५-६ पटक सम्म प्रयोग गर्नु पर्ने हुन सक्छ l

४. चिसोको allergy छ l यसबाट कसरी छुटकारा पाउने हो?
— मलाई प्रश्न सोध्नेहरु मध्य धेरैले चिसोको allegy छ भन्नुभो l तापक्रम चिसोको allergy निकै भन्दा पनि निकै कमलाई मात्र हुने गर्छ l चिसोको allergy छ छैन भनेर पत्ता लगाउन एउटा सजिलो उपाय छ l सानो ice को टुक्रा लिनुस र शरीरको कुनै भागमा २ मिनेट राख्नुस l यदि ice राखेको भाग सुन्निएर रातो भएर फुलेर आयो भने तपाईलाई चिसोको allergy छ नत्र छैन l बरु तपाईंलाई चिसो मौसममा मात्र अलि बढी सक्रिय हुने अन्य कुराले दुख दिएको होला; वा कुनै खाने कुरा वा चिसो तापक्रम हुने कुरा जस्तै ice cream आदिको sensitivity मात्र भएको होला जसलाई vasomotor rhinitis भनिन्छ; वा ति खानाहरुले नभई ति खाना राम्रोसंग store गरेर नराख्नाले त्यसमा भएको जिबाणुहरुको आक्रमण भै रोग प्रतिरक्षा प्रणाली अलि सक्रिय हुँदा भएको असर मात्र होला; कारण अन्य पनि हुन सक्छन l यदि चिसोको allergy नै हो भने न्यानो कपडा लगाउने, तातो पानीले मात्र हात मुख धुने नुहाउने; यो समस्या धेरैको केहि सालमा आँफै कम हुदै जान्छ l कारण जे भएपनि यदि निकै समस्यामा पारेको छ भने लक्षण अनुसारको allergy को लागि माथि भनिएको जुनसुकै औषधि प्रयोग गर्दा हुन्छ l

५. रुघा (common cold वा flu) लाग्नै नदिन के गर्ने?
— हातका औंलाले नाक मुखमा वा अनुहारमा नछुने, बरु मुख पुछ्ने paper को प्रयोग गर्ने; बाहिर निस्कदा (खासगरी रुघा खोकी लाग्ने मौसममा) mask लगाएर निक्सने; सार्बजनिक स्थलका सामानहरु जस्तै ढोका, बेन्च आदि छोएपछि साबुन पानीले हात धुने; फोहोरो र धुँवा धुलो ठाउंबाट पर बस्ने; चुरोट पिउने बानी हटाउने; दैनिक शारीरिक ब्यायाम गर्ने; दिनहु प्रसस्त फलफुल र हरियो तरकारी खाने ।

  • टल्क टू कल्याण

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१