सिल्क एअरका यात्रुले पाए मध्यराती बिमानबाट ओर्लने अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७६, आईतवार ०६:५२

काठमाडौं । अन्ततः त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयले सिल्क एअरका यात्रुलाई फिर्ता पठाउने निर्णयमा पुनर्बिचार गरेको छ । बिमानमा इन्धन भर्ने भन्दै आकस्मिक अवतरण गरेको सिल्क एअरमा अधिकांश नेपाली यात्रु रहेकोले बिमानभित्रै स्वास्थ्य परीक्षणपछि बिमानबाट ओरालिएको हो ।

बिमानस्थलमा रहनुभएका एसएसपी रामकृपाल साहले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार अहिले यात्रुहरु बिमानबाट ओर्लिएर नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको प्रक्रिया पूरा गरी अध्यायमन पार गर्ने क्रममा रहेका छन । स्वास्थ्य परीक्षणको सवै मापदण्ड पूरा गर्नेलाई सेल्फ क्वारेन्टाइनका लागि घर पठाई अन्यलाई खरिपार्टीस्थित क्वारेन्टाइनमा पठाउने तयारी छ । झण्डै चार घन्टा बिमानमै राखेर स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेशको अनुमति दिइएको हो । सो बिमानले जवर्जस्ती अवतरण गर्दा तीन घण्टासम्म बिमानस्थलमा तनाव बढेको थियो । यात्रु लिन पुगेका आफन्तले नारावाजीसमेत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रशासन प्रमुख सागर आचार्यले तीन घण्टा बढी विमानमै बसेका यात्रुको स्वास्थ्य जाँचपछि ओरालिएको जानकारी दिनुभयो । उहाँले बिमानबाट झरेका सवै यात्रुलाई क्वारेन्टाइनमा पठाइएको बताउनु भएको छ । बिमानस्थल कार्यालयले सिंगापुर नै फिर्ता जान भने पनि बिमानमा रहेका नेपालीका आफन्तको आग्रहमा स्वास्थ्य परीक्षणपछि सेल्फ र खरिपार्टी क्वारेन्टाइनमा पठाइएको हो ।

बिमानमा नेपालले प्रतिबन्ध लगाएको हल्याण्डसहितकका ६ जना बिदेसी यात्र रहेको पाइएपछि अध्यागमन कार्यालयले ढोका नैखोल्न नदिईइन्धन भरेर फिर्ता जान भनेको थियो । तर सो बिमानमा रहेका नेपालीहरुले बिमान कम्पनीको गल्तीको सजाय आफूहरुले पाउन नहुने भन्दै नारावाजी गरेपछि स्वास्थ्य परीक्षणपछि बिमानबाट ओरालिएको हो ।

प्रतिबिन्धत मुलुक नेदरल्याण्डका नागरिक समेत लिएर आएपछि सिल्क एयरको विमान सिंगापुर फिर्ता जान भनिएको थियो । सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको सिल्क एयरको विमान शनिवार राति करिब साढे ८ बजे अवतरण गरेको थियो । सिल्क एअर अवतरण नगर्न भन्दाभन्दै इन्धन सकिएको भन्दै पाइलटले अवतरण गराएका थिए ।

कोरोना भाइरसको उच्च संक्रमण रहेको मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ । तर, विमानमा डच नागरिक आएको सूचनापछि काठमाडौं आइपुगेका नेपालीसहित सवै यात्रु सिंगापुर नै फिर्ता पठाउने निर्णय भएको विमानस्थल स्रोतले जनाएको छ । आइतबारबाट भने अन्तर्राष्ट्रिय उडान नै बन्द गर्ने निर्णय सरकारले गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१