कनिका कपूरलाई कोरोना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७६, आईतवार ०६:४७

काठमाडौं । भारतीय गायिका कनिका कपूरलाई कोरोना संक्रमणको पुष्टि भएको छ। कोरोनाको संक्रमण देखिएपछि गायिका कपुरलाई उत्तर प्रदेशको राजधानी लखनऊको केजीएमयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। कपुर पाँच दिनअघि (मार्च १५) मा लण्डनबाट भारत फर्किनुभएको थियो । इन्।

लखनऊमा एक अपार्टमेन्टमा बसेकी कनिकाले एक होटलमा पार्टी पनि दिनुभएको थियो । सो पार्टीमा करिब पाँच सय सहभागी थिए। कनिकालाई कोरोनाको संक्रमण देखिएपछि उहाँको पार्टीमा सहभागी भएकाहरुको खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनीहरुको सबैको नमुना परीक्षण गरिने स्वास्थ्य विभागले जनाएको छ ।

पार्टीमा सहभागी व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिए अस्पतालको निगरानीमा राखिने बताइएको छ। लखनऊमा कनिकासहित चार जनालाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१