पाथीभरामा एकै दिन दुई हजार भक्तजन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७६, शनिबार १४:११

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण सरकारले एक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि धार्मिक स्थलहरूमा पनि कडाइ हुन थालेको छ ।

राजधानी काठमाडौंमा हिन्दुका आराध्यदेव पशुपतिनाथ मन्दिर प्रवेशमा नियन्त्रण गरिएको छ । शनिबारदेखि साँझको आरति नहुने भएको छ।

शुक्रबार राजधानी काडमाडौंको घण्टारस्थित जामे मस्जिद र पञ्चकाश्मीरी मस्जिदमा पनि प्रवेशमा कडाइ गरिएको थियो । मास्क नलगाई भित्र प्रवेश गर्न रोक लगाइएको थियो ।

राजधानी बाहिर पनि धार्मिक स्थल प्रवेशमा कडाइ गरिएको खबर छ । खोटाङको प्रशिद्ध हलेसी मन्दिरमा दर्शनका लागि हुलमा जान रोक लगाइएको छ । इलामको सानो पाथीभरा मन्दिरमा पनि भीड नियन्त्रण गरिएको खबर छ ।

उता ताप्लेजुङको प्रशिद्ध पाथीभरा मन्दिरमा भने शुक्रबार एकै दिन दुई हजारभन्दा बढी भक्तजन पुगेको जानकारी पाएको ताप्लेजुङका पत्रकार आनन्द गौतमले बताए ।

चैत–वैशाख पूर्वी तराई तथा अन्य ठाउँबाट ठूलो संख्यामा भक्तजन पाथीभरा देवीको दर्शनमा जाने समय हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१