खाद्य सामाग्री र लत्ताकपडा महंगो, निर्माण सामाग्री सस्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७६, शुक्रबार ०५:१७

काठमाडौं। माघ महिनामा देशको महंगी बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार तरकारी, मसला, दाल तथा गेडागुडी र मासुका साथै लत्ताकपडाको भाउ बढ्दा मूल्य बृद्धि उच्च भएको हो। खाद्य सामाग्री र लत्ताकपडाको भाउ बढेपनि निर्माण सामाग्रीको भाउ भने घटेको छ।

राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको माघसम्मको वित्तीय तथा आर्थिक स्थितीसम्बन्धी प्रतिवेदनमा माघमा उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले चालु आवमा मुद्रास्फिती ६ प्रतिशतभित्र राख्ने लक्ष्य निर्धारण गरिएको थियो। माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको र गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ।

माघमा काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मुद्रास्फीति रहेको केन्द्रीय बैंकले जनाएको छ।

खाद्यबस्तु तथा लताकपडाको मूल्य बृद्धि भएपनि निर्माण सामाग्रीको भाउ भने घटेको छ। माघ महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.८९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१