‘निर्धारित मूल्य नपाए किसानको उत्पादन सरकारले किन्ने ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७६, बिहीबार ०६:०३

काठमाण्डौ । किसानले उत्पादन गर्ने सबै वस्तुको बजार व्यवस्थापनको जिम्मेवारी अब सरकारले लिने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुकाे मूल्य निर्धारणका साथै व्यवस्थापनको जिम्मा पनि सरकारले लिने घोषणा गर्नुभएको हो ।

उहाँले कृषि मन्त्रालयमा कार्ययोजना प्रस्तुत गर्नुहुँदै किसानकाे लगानीकाे २५ प्रतिशतसम्म नाफा सुनिश्चित हुने दाबी गर्नुभयाे । किसानले उत्पादन गर्ने नगदे बालीमा लागतपछिको बचत मूल्यसहितको मूल्य निर्धारण गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘किसानलाई पूर्ण रुपमा प्राविधिक सहयोग गर्छाै । सरकारले मल, बीउ र सिँचाइमा अनुदान दिनेछ । उत्पादित वस्तुकाे निर्धारित मूल्य नपाए किसानको उत्पादन सरकारले किनिदिन्छ ।’

उत्पादित सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा, सस्तो र सुलभ व्याजदरमा ऋण, बाली तथा पशुपंक्षी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गरिएको उहाँले बताउनुभयो । उहाँले किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्नेगरी सस्तो ब्याजमा सुलभ ऋण उपलब्ध गराइने उहाँले बताउनु भयाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१