सबै निजी अस्पताललाई राष्टियकरण गर्दै स्पेनका स्वास्थ्य मन्त्री साल्भाडोर ईला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७६, बिहीबार ०५:५०

भोला लामिछाने । स्पेनिश सरकारले कोरोनाभाइरस (कोभिड –१९)को संक्रमण विरूद्ध लड्नका लागि नीजि अस्पताल र स्वास्थ्यसेवा प्रदान गर्ने स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको छ। पेड्रो सान्चेज सरकारले सोमबार स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूकोसुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको हो ।

उक्त कदमको घोषणा स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले गरेका हुन्। उनले स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षकाविद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन आग्रह गरेका छन् । जबकि मेडिकल उपकरण उत्पादन गर्न सक्षमकम्पनीहरूले सरकारसँग सम्पर्क राख्नुपर्दछ।

कोरोना भइरसबाट चीन बाहिरका सबैभन्दा बढी प्रभावित देशहरू मध्ये स्पेन एक हो। स्पेन सरकारले कोरोनाभाइरसको प्रकोपविरूद्ध लड्न धेरै असाधारण कदमहरू चाल्यो। यहाँ गत हप्ता राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिएको छ। स्कूल रसार्वजनिक ठाउँहरू बन्द गरिएको छ । नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधि जस्ता आवश्यक चीजहरू किन्नमात्र घर बाहिर जान अनुरोध गरेको छ ।

‘स्पेन सरकारले आफ्ना सबै नागरिकहरुको सुरक्षाका लागि आवश्यक कदम चालिरहेको छ। र यथोचित असुविधाको साथमहामारीको गति सुस्त बनाउनको लागि सही जीवन अवस्थाको ग्यारेन्टी गर्नेछ,’ सान्चेजले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१