बालवालिका घरबाहिर जान नदिनोस् : शिक्षा मन्त्रालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७६, बिहीबार ०५:४८

काठमाडौं । चैत्र सरकारले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो । परिक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीन हप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमेरका बालिवालिकाहरु घरमै रहने सरकारले विश्वास लिएको छ ।

कोरोना संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान, विद्यालयमा साँस्कृतिक कार्यक्रम लगायत विभिन्न नाममा भीडभाड् नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१