चलचित्र पत्रकार संघको अध्यक्षमा सिटौला विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७६, मंगलवार ०५:४५

चलचित्र पत्रकार संघ नेपालको आठौँ महाअधिवेशन सम्पन्न भएको छ। सोमबार सम्पन्न अधिवेशनले पत्रकार दिनेश सिटौलाको नेतृत्व पाएको छ।

सिटौलाले अध्यक्ष पदका ३ जना प्रत्यासी डब्बु क्षेत्री, गीता अधिकारी र अनिल यादवलाई पछि पार्दै संघको नेतृत्व प्राप्त गरेका हुन्।

यस्तै संघको उपाध्यक्षमा जीवन पराजुली निर्वाचित हुँदा संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापाले निर्विरोध नेतृत्वको मौका पाएका छन्।

त्यसैगरी संघको महासचिवको जिम्मेवारी पत्रकार समिर बलामीले पाएका छन्। संघको सचिवको जिम्मेवारी रघुनाथ सापकोटा पाएका छन् भने, समावेशी सचिवतर्फ विशाल राई निर्विरोध चयन भएका छन्।

नयाँ कार्यसमितिमा कोषाध्यक्ष पदमा प्रदिप कार्की निर्विरोध चयन भए। सह-काेषाधक्ष्यमा विनाेद पाेखरेल निर्वाचित भए। त्यसैगरी संघको नयाँ कार्यसमितिमा अन्जान दाहाल (मनिष), गोपिकृष्ण चापागाँई, नविन गिरी, गणेश वली, सृष्टि पोख्रेल, मिलन ढुंगाना निर्वाचित भए। महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरुङ निर्विरोध चयन भए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१