के हो ‘सेल्फ क्‍वारेन्टाइन’? कसरी बस्‍ने ‘सेल्फ क्‍वारेन्टाइनमा’?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७६, मंगलवार ०५:४२

चीनको उहान सहरबाट उत्पत्ति भएको कोरोना (कोभिड-१९) भाइरस हाल विश्वका १ सय १४ देशमा फैलिएको छ।

यो भाइरसको सङ्क्रमणबाट हालसम्म विश्वभर ६ हजार ७ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने, १ लाख ७५ हजार भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन्। त्यसमध्ये ७७ हजार ८ सयभन्दा बढी निको पनि भएका छन्।

चीन, दक्षिण कोरिया, इटाली र इरानमा यो भाइरसको बिरामीको संख्या ९० प्रतिशत रहेको छ। पछिलो समय चीन र दक्षिण कोरियामा सङ्क्रमितको संख्या उल्लेखनीय घटेको छ।

यो सँगै नेपालको छिमेकी देश भारतमा पनि भाइरस प्रवेश गरेको र केही मानिसमा यसको सङ्क्रमण देखिएको छ। यसले गर्दा नेपालमा पनि त्रास फैलिएको छ। नेपाल सरकारले भाइरस प्रवेश हुन नदिन विभिन्न सावधानी अपनाएको र यदि सङ्क्रमण देखिहालेको अवस्थामा नियन्त्रण गर्न आवश्यक तयारी गरेको बताएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना (कोभिड-१९)लाई विश्वव्यापी माहामारी घोषणा गरेसँगै यसबाट बच्न नेपालले पनि पूर्व तयारी थालेको छ। यसका लागि सरकारले कोरोना प्रभावित जुनसुकै देशबाट फर्केका मानिस १४ दिनसम्म अनिवार्य सेल्फ क्‍वारेन्टाइनमा बस्न आह्वान गरेको छ।

के हो ‘सेल्फ क्‍वारेन्टाइन’?

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, कोरोना प्रभावित देशहरूबाट फर्केका नेपाली आफ्नै घरभित्र निश्चित स्थानमा निश्चित समयसम्म आफूले आफैलाई अलगै बनाई बस्ने प्रकृयालाई नै सेल्फ क्‍वारेन्टाइन भनिन्छ।

सेल्फ क्‍वारेन्टाइनमा बस्नुको मुख्य उद्देश्य भनेको घर परिवार, छरछिमेकलाई भाइरस सर्नबाट बचाउनु हो। कुनै रोगग्रस्त देशबाट फर्केका व्यक्तिमा सङ्क्रमणको लक्षण देखा नपरे पनि अनिवार्य सेल्फ क्‍वारेन्टाइनमा बस्नुपर्ने डा.पुनको भनाइ छ।

‘कुनै पनि सङ्क्रमित देशबाट आएका व्यक्तिमा सङ्क्रमणको लक्षण देखा नपरे पनि जो कोही व्यक्ति अनिवार्य सेल्फ क्‍वारेन्टाइनमा बस्नुपर्छ’ डा.पुनले भने’, ‘प्रभावित देशबाट फर्केका व्यक्तिलाई १४ दिन भित्र कुनैपनि समयमा लक्षण देखापर्न सक्ने हुँदा आफूलाई अलग निगरानीमा राख्नुपर्छ।’

यो प्रकृया अपनाउँदा यदि १४ दिन भित्र रोगको लक्षण देखा परिहालेमा अन्य परिवारका सदस्य र छरछिमेक कसैलाई पनि सङ्क्रमण हुन नसक्ने र रोग नफैलिने हुँदा सेल्फ क्‍वारेन्टाइनमा बस्न जरूरी रहेको डा.पुनको भनाइ छ।

चीनले केही समय अगाडि महामारी फैलिएपश्चात निश्चित सहरहरू ‘लक डाउन’ गरेको थियो। भाइरस प्रभावित स्थानबाट अन्यत्र फैलन नदिन देशबासीहरूलाई घर भित्र सेल्फ क्‍वारेन्टाइन प्रयोग गरेको थियो।

चीनपछि अहिले इटालीमा कोरोनाका बिरामी बढी भएसँगै प्रभावित क्षेत्र लक डाउन गरेको छ। यो प्रकृयाले सम्पूर्ण नागरिकले घरभित्र आफूले आफैलाई सुरक्षित तरिकाले राख्न र रोग फैलिन नदिन यो तरिका अपनाइएको हो।

विश्वमा धेरै देशले रोग फैलिन नदिन लक डाउन गरेर यो प्रकृया अपनाउन सुरू गरिरहेका छन्।

कसरी बस्ने सेल्फ क्‍वारेन्टाइनमा ?

सेल्फ क्‍वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने विधिहरू

१. रोग प्रभावित देशबाट फर्केपछि घरभित्र निश्चित स्थानमा घरपरिवारको सम्पर्कबाट १४ दिन टाढै बस्ने।
२. साबुन पानीले बारम्बार हात धुने।
३. सेल्फ क्‍वारेन्टाइनमा बस्दा ६ फिटको दूरीको स्थान छनोट गरी बस्ने।
४. सम्भव भएसम्म छुट्टै शौचालय (ट्वाइलेट) र शयन कक्ष (बाथरूम) प्रयोग गर्ने।
५. आफू बसेको कोठा बाहिर र अन्य घरका वस्तुहरू प्रयोग नगर्ने र नछुने।
६. यदि १४ दिनभित्र कुनै सङ्क्रमण रूघाखोकी, ज्वरो र घाँटी दुख्ने भएमा तुरून्त अस्पताल जाने।
७. बिरामी भएमा सङ्क्रमणको लक्षण देखा परेमा सहि तरिकाले अनिवार्य मास्क प्रयोग गर्ने।
८. १४ दिनसम्म आफूले प्रयोग गर्ने सामग्री आफूले मात्र प्रयोग गर्ने। घरपरिवारलाई प्रयोग गर्ने नदिने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१