कतार पुगेका दुई हजार नेपाली क्‍वारेन्टाइनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७६, सोमबार १०:०४

काठमाडौं । कतारले कोरोना भाइरस संक्रमणलाई थप फैलन नदिन भन्दै जोखिम युक्त क्षेत्रका चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।

जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको हो । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

कम्पनीले गेटबाट बाहिर निस्कन नदिएको र कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको कामदारले जनाएका छन् । कम्पनीले कुनै कुराको कमी हुन दिएको भन्दै कामदारहरुले खुसी व्यक्त गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१