चाँडै बुढा हुन मन छैन, त्यसो भए कुर्सीमा होइन भुइँमा बसेर खानुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७१, शुक्रबार ०७:०५

एजेन्सी । नेपालका गाउँघरतिर प्रायः भुइँमै पलेटी मारेर खाने चलन छ । परम्पराअनुसार यसरी खानुलाई प्रतिष्ठाको विषय पनि मानिन्छ । तर अचेले सहरमा भने कुर्सीमा बसेर टेबलमा खाना सर्भ हुन्छ । सजिलो पनि छ, तर स्वास्थ्यका लागि भने यो ठिक नहुने देखिएको छ । यदि स्वास्थ्य रहने हो भने भुइँमा बसेर खानुस् ।

यसका पाँच फाइदा
१. तौल नियन्त्रण–तपाई भुइँमा पलेटी मारी बस्दा तपाई ध्यान खानामा मात्र पर्छ । यसले तपाईको तौल नियन्त्रणमा केही फाइदा हुन्छ । तर टेबलमा खाना हुदाँ ध्यान चारैतिर जान्छ ।
२. शरीरमा लचकता आउँछ–यसरी खाना बस्दा पाचन प्रणाली एकदम राम्रो हुन्छ । पेटलाई कतैबाट चोट पुग्दैन । शरीरका अन्य अंगहरु खुट्ट, निताम्बलगायतको व्यायम हुन्छ र शरीरमा लचकता पैदा हुन्छ ।
३. पाचन प्रणालीमा सुधार–भुइँमा बसेर खाँदा शिर झुकाउने अनि उठाउने यो प्रक्रिया चलिरहन्छ । यसले मंसपेशी चलायमान हुन्छ र पाचन प्रणाली पनि सक्रिया हुन्छ ।
४. परिवारमा मेल–हामी प्राय यसरी खाना खाँदा सँगै बसेर खान्छौ । यसले परिवारमा सद्भाव, मेल र विश्वासको वातावरण बन्छ ।
५. बुढ्यौली रोक्ने–यसरी खाना खाँदा पिठ्युको व्यायाम पनि हुने भएकोले छिट्टै बुढ्यौलीले भेट्दैन । जबकि कुर्सीमा बस्दा गर्दन दुख्ने जस्ता समस्या आइपर्छ । यो गलत आसन भएकोले नै यस्तो भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१