गायक कटुवाल पुर्पक्षका लागि थुनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७६, सोमबार ०६:२७

काठमाडौं । जिल्ला अदालत तनहुँले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

कटुवालमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै गत फागुन ५ गते उजुरी परेको थियो । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

गायक कटुवालमाथि लालकाजीकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको थियो ।

५ फागुनमा परिवारसँग पोखरा घुम्न गएका कटुवाल डुम्रेस्थित लालकाजीको होटल अगाडि गाडी पार्किङ गरेका थिए । त्यतिबेला कटुवाल पत्नीले वान्ता गरेपछि होटल सञ्चालक र कटुवालबीच भनाभन भएको थियो ।

होटल व्यवसायी गुरुङलाई कटुवालले पख्लास् भन्दै थर्काएको र सोही साँझ अपरिचित समूहले गुरुङको टाउकोमा रडले हानेर भागेको जनाइएको छ ।

घटनापछि गुरुङकी सोनिकाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

गायक कटुवालले मोही खाउँला बोट्कामा, फूल फुल्यो केसरी, तोरी बोटैमा लगायका गीत गाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१