काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए ।
नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझन् र स्वास्थ्य लाभको कामना गर्न नेता नेपाल बालुवाटार पुगेका हुन् ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री १२ दिनको अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका थिए । उनी अहिले बालुवाटारमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
यसअघि शनिवार बिहान नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुका साथै पछिल्लो राजनीतिक घटनाबारे पनि जानकारी गराएका थिए ।
प्रतिक्रिया