कोरोना नियन्त्रणको लागि विश्व बैंकद्धारा नेपाललाई साढे ३ अर्ब सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७६, शनिबार ०६:०१

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैँकले नेपाललाई २९ मिलियन अमेरिकी डलर (साँढे ३ अर्ब) अनुदान सहयोग गर्ने भएको छ ।

विश्वको एक सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले १२ बिलियन (अर्ब) डलर सहयोग गर्ने निर्णय केही दिनअघि मात्रै गरेको थियो। सोही अनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

सहयोग अनुदानको लागि नेपाल र विश्व बैँकबिच सम्झौता भइसकेको बताइएको छ । यद्यपी नेपालले उक्त अनुदान रकम कसरी खर्च गर्छ भन्नेमा विश्व बैँकले चासो देखाएको उनको ती अधिकारीले बताएका छन् । विश्व बैंकले उक्त रकम दिएपछि मंगलबार नै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विश्व बैंक प्रतिनिधि र अर्थ सचिवसम्मिलित बैंठक समेत बसेको छ।

साथै, विश्व बैंकले नेपालमा हाल कोरोना भाइरस संक्रमण रोक्न आवश्यक पर्ने उपकरणहरुको अवस्था र ल्याउनुपर्ने उपकरणबारे जानकारी माग गरेको छ। नेपालमा कोरोना संक्रमणका अवस्था र पूर्व तयारीको लागि कस्तो योजना बनाएको छ भन्ने बारेमा पनि विश्व बैँकले जानकारी लिइसकेको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले संक्रमित देश र जोखिमको लागि भन्दै एक हप्ताअघि उक्त रकम सहयोग गर्ने घोषणा गरेको थियो।

त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले समेत न्यून तथा मध्यम आय भएका मुलुकलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ। कुन देशलाई कति दिने भन्ने निर्णय भने गर्न बाँकी रहेको छ।कमजोर अर्थतन्त्र भएको मुलुकलाई अझै बढी असर पार्ने आईएमएफको विश्लेषण छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१