प्रधानमन्त्री ओली मिर्गौलाको प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७६, शनिबार ०५:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ६ बजे मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरेको ११ औँ दिनमा डिस्चार्ज भएका हुन्।

अस्पतालबाट डिस्चार्ज भएपनि पेटमा पाइप राखिएकाले तीन दिनमा पुन : आउने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. उत्तम शर्माले बताएका छन् । ओलीसँगै उनलाई मिर्गौला दिएकी भान्जी नाता पर्ने समीक्षा संग्रौला पनि डिस्चार्ज भइसकेकी छन्।
प्रधानमन्त्रीलाई आज डिस्चार्ज गर्नका लागि अपराह्‍न चिकित्सकहरूको बिशेष बैठक बसेको थियो।

प्रतिक्रिया