भ्रमण वर्षलाई नयाँ तरीकाले अघि बढाउँछौं : मन्त्री भट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७६, शनिबार ०५:५३

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिएकाले भ्रमण वर्षलाई नयाँ तरीकाले अघि बढाउने बताएका छन् । भट्टराईले शुक्रबार रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारमा बसेको बैठकमा यस्तो बताएका हुन् ।

उनले भने, कोरोनाकै कारण मुलुक भित्र र बाहिरका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको छ । त्यसैले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवर्द्धनका लागि बिशेष योजना बनाई भ्रमण बर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताए ।

त्यसका साथै मन्त्री भट्टराईले‘ १० बर्ष नेपालको पर्यटनको निम्ति विशेष योजना बनाएर पर्यटनसम्बन्धी पुर्वाधारहरुको विकास गर्ने, हवाई पुर्वाधार, सडक पुर्वाधार र नयाँ गन्तव्यहरु निर्माण गर्ने लगायतका कुरामा योजना बनाउन खोजिरहेको बताए ।सरकारले भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुनर्संरचना गर्ने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१