घटयाे सुनकाे मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७६, बिहीबार १२:२३

साप्ताहिक कारोबारको पाँचौ दिन आज सुनको मूल्य केही ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ८१ हजार ५ सय कायम भएको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी भने बुधवारको तुलनामा २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१