देश दौडाहामा मकवानपुर उद्योग बाणिज्य महासंघको टोली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७६, मंगलवार १३:०५

नेपाल उद्योग बाणिज्य महासघको आसन्न निर्बाचनलाई केन्द्रित गर्दै देश दौडाहामा रहेको मकवानपुर उद्योग बाणिज्य संघको टोली नेपालगञ्ज, भैरहवा, बुटवल हुँदै आज पाप्पामा प्रस्थान गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले टोलिलाई स्वागत गर्नुभएको थियो । पूर्व अध्यक्ष तथा महासंघका केन्द्रिय सदस्य दामोदर आचार्यसंग फोनमा वार्तालाप गर्दै मकवानपुर टोलिले उहाँको स्वास्थ्य लाभको कामना समेत गरेको छ । त्यसैक्रममा टोलिले कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्री, सुर्खेतका अध्यक्ष धनबहादुर राउत तथा महासचिव लक्ष्मण कडेलसंग भेट गरेको थियो । त्यसपछि दाङ पुगेको टोलिलाई दाङ देउखरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले टोलिलाई स्वागत गर्नुभएको थियो । त्यस्तै, टिकापुर पुगेको टोलीसंग भेट गर्दै टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, गुलरिया उद्योग वाणिज्य संघका विर बहादुर चौधरी विरुले मकवानपुर उद्योग वाणिज्य संघले अघि सारेको उपाध्यक्ष पदका उम्मेदवारलाई निर्वाचनमा समर्थन गर्ने भनि हात उठाएका थिए । त्यसपछि टोलिले राजापुर उद्योग वाणिज्य संघ बर्दियामा अध्यक्ष कृष्णकुमार रेग्मी, निर्वतमान अध्यक्ष अमरबहादुर खड्कालाई भेट गरेको थियो । बर्दियाबाट कपिलवस्तु पुगेको टोलीलाई अध्यक्ष उमानाथ पौडेलले स्वागत गर्नुभएको थियो । टोलिलाई हिजो बेलुका भैरहवा सिद्दार्थनगर उद्योग वाणिज्य संघले रात्रीभोजको आयोजना समेत गरेको थियो । रात्रीभोजमा सिद्दार्थनगरका अध्यक्ष कुलप्रसाद न्यौपाने, पूर्व अध्यक्षहरु कृष्ण शर्मा र विष्णु शर्मा, अर्घाखाँची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, तिलोत्तमाका अध्यक्ष माधव भण्डारी, गयाद्दिन कुर्मी लगायतले मकवानपुर उद्योग वाणिज्य संघको उम्मेद्वारीलाई साथ, सहयोग र समर्थन गर्ने भनि प्रतिवद्दता जनाएका छन् । त्यसपछि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालसंग भेट गरेको टोली पाल्पा उद्योग वाणिज्य संघका पदाधिकारीलाई भेटघाट गर्न पाल्पा प्रस्थान गरेको छ । पाल्पाका अध्यक्ष राजु महर्जनले टोलिलाई स्वागत गर्ने तयारी गरिएको भ्रमण टोलिका प्रवक्ता कमान बहादुर खड्काले जानकारी दिनुभएको छ । भ्रमण टोलिमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, सदस्य कृष्ण ढुङ्गाना, महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्री, सुर्खेतका अध्यक्ष धनबहादुर राउत लगायतका ब्यवसायीहरु संलग्न हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१