भारतमा कोरोनाको कारण माेदीको विदेश भ्रमण स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७६, शुक्रबार १०:१७

कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ ।

भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्यालयमा बायोमेट्रिक हाजिरीमा पनि रोक लगाइएको छ ।

युरोपियन युनियन र भारतका बीच हुनलागेको शिखरवार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तय भएको बेल्जियम यात्रा पनि स्थगित गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा। हर्षवर्धनले फेला परेका कोरोना संक्रमित सबै ३० जनालाई निगरानीमा राखिएको बिहीबार संसदमा जानकारी गराए ।

भारतमा चीन, इटाली, कोरिया र जापान लगायत अन्य देशबाट आएका मानिसहरुमा संक्रमण पाइएको भारतीय मिडियाले जनाएका छन् ।

अहिलेसम्म ६ लाख भन्दा धेरै मानिसहरुको विमानस्थलमा चेकजाँच गरिएको छ । सरकारले सीमा क्षेत्रका गाउँहरुमा सभाका कारण हुने संक्रमणको रोकथामका लागि चेतना बढाइरहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१