टेकुबाट भागेका कोरोना आशंका गरिएका बिरामी बिराटनगरमा फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७६, शुक्रबार १०:०३

कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक बिरामी फेला परेका छन् ।

इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । अस्पताले उनी भागेको भन्दै काठमाडौं प्रहरीलाई जानकारी गराएपछि उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको थियो ।

उनको मोबाइल ट्रयाकको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । मंगलबार कोरियाबाट फर्किएका ति बिरामी बुधबार राति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको छ्यालबाट भागेको प्रहरीले जनाएको छ ।

उनको परिवारले कोरोनाकै आशंकामा टेकु अस्पताल पुर्याएका थिए । तर उनलाई कोरोना भाइरस भए–नभएको पुष्टि भने भइसकेको छैन । ती बिरामीलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाइएको छ ।

केही पहिले सोहि अस्पतालबाट एक साउदी अरबका नागरिक फरार भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१