बैंकमा सुन राखेर ब्याज पाइने, राष्ट्र बैंकले गर्‍यो यस्तो नीतिगत व्यवस्था

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७६, शुक्रबार ०६:२६

काठमाडौं । तपाई हामीले घरमा सुरक्षित नहुने भएकाले बैंकमा लकर खोलेर सुन राख्ने गरेका हुनसक्छौं । त्यसरी लकरमा राखे वापत बैंकले चार्ज लिने गरेको छ । तर अब वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले ब्याज समेत पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई जारी गरेको नयाँ निर्देशन अनुसार अब वैंकमा सुन राखेपछि ब्याज पाइनेछ । राष्ट्रवैंकले निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाए पछि उपभोक्ताका लागि फाइदा भएको हो । अब वाणिज्य बैंकहरुले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन समेत संकलन गर्न पाउने छन्। सुनको शुद्धता र तौलको जाँच गर्ने संयन्त्र बनाएर बैंकले यस्तो ब्यवस्था गर्न सक्ने राष्ट्रवैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

बैंकले नै सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्रै स्वीकार गर्नेछन् । बैंकहरुले संकलन गरेको सुन ढुकुटीभित्र राख्ने वा व्यवसायीलाई बेच्ने सम्वन्धमा बैंकले नै निर्णय गर्न सक्ने छ।

त्यसरी निक्षेपका रुपमा स्वीकार गर्न सुनको तौलको मापदण्ड तोकिएको छ । कम्तीमा २५ ग्राम परिमाणको सुनलाई मात्रै बैंकहरुले स्वीकार गर्न सक्नेछन्। सो प्रमाणपत्र बैंकमा धितो राखेर सोको ७० प्रतिशतसम्म कर्जा सुविधा पनि पाइने ब्यवस्था राष्ट्र बैंकले गरेको छ। यसरी प्रवाह भएको कर्जामा बैंकले सुन धितोमा दिएको व्याजदरमा २ प्रतिशतभन्दा बढी थप्न पाउने छैनन्।

यसरी सुन निक्षेपका रुपमा संकलन गरेपछि ग्राहकलाई बैंकले त्रैमासिक रुपमा व्याज दिनु पर्नेछ । पछिल्लो समय सुनको मुल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको इतिहाँसमै सबै भन्दा बढी मुल्य कायम भएको पनि अहिले नै हो । सुनको मुल्यले पहिलो पटक प्रति तोला ८० हजार नाघेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१