सुनको मूल्य आज पनि बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७६, बिहीबार १२:००

सुनको मूल्य बढेर बिहिबार पनि नयाँ रेकर्ड राखेको छ । बुधबारको तुलनामा प्रतितोला रु २ सय बढेर हाल सम्मकै महँगो भएको हो । आज प्रतितोला छापावाल सुनको ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८० हजार ४ सय कायम भएको छ । बिहिबार चाँदीको मुल्य भने स्थिर रहेको छ । प्रतितोला चाँदी ८ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि बुधबार सबैभन्दा महंगो प्रतितोला ८० हजार ५ सयमा कारोबारभएको थियो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासङ्घ अन्तरर्गत भाउ निर्धारण समितिले जनाएको छ ।

कोरोना भाइरसको कारण लगातार सुनको मूल्य बढिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१