कोरोनाभाइरसका कारण अमेरिकामा ११ जनाको मृत्यु,संकटकाल घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७६, बिहीबार ११:३७

एजेन्सी । अमेरिकामा कोरोनाभाइरसका कारण ११ जनाको मृत्यु भएको छ । उक्त भाइरसको संक्रमणबाट बच्नका लागि क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरिएको छ । आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको पहिलो मृत्यु पुष्टि गर्दै क्यालिफोर्नियाले राज्यमा संकटकालको घोषणा गरेको हो ।

हाल सम्म अमेरिकाका १६ राज्यमा संक्रमणका मानिसहरु फेला परेका छन् । स्कारमेन्टो नजिकैको एक अस्पतालमा ७१ वर्षिय एक पुरूषको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ । अमेरिकामा १४० भन्दा बढी मानिसमा कोरोना भाइरस देखापरिसकेको छ ।

वासिङ्डनले पनि आफ्नो राज्यमा आपतकालको घोषणा गरेको थियो । अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ्सले कोरोनाभाइरसविरुद्ध लड्न आपतकालिन सहायता अन्तरगत ८.३ विलियन डलर रकम खर्च गर्ने अनुमति दिएको छ ।

चिनको हुवानबाट सुरुभएको कोरोनाभाइरसको संक्रमण विश्वभरिनै फैलिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१