मिर्गौला दिने समिक्षाका बुवाआमा भन्छन्, ‘छोरीको आँट हिम्मत देखेर हामी छक्क परेम’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७६, बिहीबार ०५:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मिर्गौला दिने समिक्षा संग्रौला नाताले मामा भान्जि हुन्। ३२ वर्षीय समिक्षाले बुधबार मात्रै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिइन्। प्रधानमन्त्री ओलीको सफलतापुर्वक प्रत्यारोपण गरिएको छ।

समिक्षाको आँट र साहसिक कामबारे उनका बुवा मेदनी संग्रौला र आमा मुना संग्रौला खुशीले गदगद छन्। ‘छोरीको आँट हिम्मत देखेर छोरीलाई एकदम धन्यवाद दिन्छु। उनले आँट गरिन मिर्गौला दिनलाई’ समिक्षाकी आमा मुनाले भनिन् ‘स्वास्थ्य लाभको कामना छ। राम्रो होस्। हामी पशुपतिनाथसँग प्राथना गर्छौं। एकदम राम्रो होस्।’

‘प्रधानमन्त्री जीलाई स्वास्थ्य लाभको कामना गर्छु’ समिक्षाका बुवा मेदनीले भने ‘छोरी समिक्षाले आँट गरेर मिर्गौला दिइन उनलाई पनि स्वास्थ्य लाभको कामना गर्छु।’

प्रधानमन्त्री ओलीको परिवारसँग समिक्षाको परिवारको राम्रो सम्बन्ध छ। उनीहरुले दसैंमा प्रधानमन्त्री ओलीबाट टीका लगाउने गरेका थिए। पाल्पाका कमल ज्ञवालीसँग विवाह गरेकी समिक्षाको माइती झापा हो। समिक्षाका श्रीमान नेपाली सेनामा कार्यरत छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।’

त्यस्तै पहिलो पटक प्रधानमन्त्रीलाई मिर्गौला दान दिएकी अञ्जान घिमिरेले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएकाले खुशी भएको बताइन । “पहिलो पटक शल्यक्रिया गर्दा जस्तो खुशी भएको थियो, अहिले पनि मलाई त्यस्तै खुशी लागेको छ”, उनले भनिन्, “त्यतिबेला पनि शल्यक्रिया गर्दा पनि चाँडै नै होसमा आउनुभएको थियो, अहिले पनि उहाँ चाँडै होसमा आउनुभएको छ भन्ने खबर पाएँ, झन् खुशी लाग्यो ।”

घिमिरेले दुईमध्ये एउटाले काम गर्ने भएपछि अर्को मिर्गौलाले प्रधानमन्त्रीलाई बचाउन सक्छु भनेर त्यतिबेला मिर्गौला दिएको भन्दै अहिले आफू स्वस्थ्य रहेको बताइन । शिक्षण अस्पतालले चिकित्सक, सम्बन्धित विभागका नर्सिङ, प्राविधिक तथा प्रशासनिक कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्नुहुने उनकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

कार्यकारी निर्देशक खड्गाका अनुसार प्रधानमन्त्रीको आग्रहमा उनलाई पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्ने भारत नयाँदिल्लीका चिकित्सक डा अनन्तकुमार आएका थिए छ । “पहिलाको प्रत्यारोपण उनले गरेको हुनाले दोस्रो पटक पनि प्रधानमन्त्रीको आग्रहमा उनलाई बोलाइएको हो”, उनले भने, “अनन्तकुमार शल्यक्रिया कक्षमा रहनुभएको थियो, अनन्तकुमारले आवश्यक सहयोग गर्नुभएको थियो ।” डा खड्गाले अनन्तकुमार आएकाले स्वदेशी चिकित्सकको हौसला बढेको बताए । दोस्रो पटक मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल हुने उनको भनाइ थियो ।

त्यस्तै प्रधानमन्त्री ओली पाँच–छ दिन अस्पतालमा रहने र १०–१५ दिनपछि नियमित काम गर्नसक्ने डा खड्गाले बताए । हाल मिर्गौला प्रत्यारोपण गर्ने टोलीबाहेक अरुलाई ५–६ दिनसम्म भेट्न दिइने छैन । प्रधानमन्त्री ओलीको मिर्गाैला शल्यचिकित्सा टोलीमा उपचार टोलीमा शल्यक्रिया टोलीमा प्रा डा उत्तमकुमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्द कुमार, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल तथा मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा मिधन श्रेष्ठ, डा रविन नेपाली र डा सन्तोष क्षेत्री हुनुहुन्थ्यो । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ, प्रा डा सुवास आचार्य, डा अमित शर्मा भट्टराई र डा विगेनमान शाक्य हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१