गोर्खाको धार्चेमा राष्ट्रिय क्यानोनिङ्ग रन्देभू (महोत्सव) र गाईड ट्रेनिङ्ग हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७६, बिहीबार ०५:१७

नेपाल क्यानोनिङ्ग एशोसिएसनले यहि मार्च १७ देखि मार्च २१ सम्म ५ दिने entry लेभल क्यानोनिङ्ग गाईड ट्रेनिङ्ग र मार्च २० र २१ तारिखमा क्यानोनिङ्ग रन्देभू गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ७ को न्याउँली झरना (छाँगा) मा गर्ने भएको छ ।
एसियामा नै पहिलो पटक अन्तराष्ट्रिय क्यानोनिङ्ग रन्देभू इ.स २०११ मा आयोजना गरेर विश्वको साहसिक पर्यटकको जमातलाई नेपाल तर्पm आकर्षित गरेर पर्यटन वर्ष सफल बनाउन महत्वपूर्ण सहयोग पु¥याएको नेपाल क्यानोनिङ्ग एशोसिएसनले आफ्नो बार्षिक कार्यक्रम अनुसार पर्वतिय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । विगत ई.स २०१३ देखि २०१९ सम्मा प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र काकानी,धादिङको थाके्र र काठमाण्डुको सुन्दरिजलमा नेपाल क्यानोनिङ्ग रेन्देभूको आयोजना गरिएको थियो । वार्षिक कार्यक्रमानुुसार यस वर्ष पनि स्वदेशी तथा विदेशी क्यानोनिङ्ग प्रोफेसनल, पर्यटन व्यवसायी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराई राष्ट्रिय क्यानोनिङ्ग रन्देभू कार्यक्रम सम्पन्न गर्नको लागि सम्पूर्ण तयारी भई सकेको छ ।
क्यानोनिङ्ग पर्यटनको विकासका लागि वर्षेनी यस्तो कार्यक्रमको आयोजना गर्दा क्यानोनिङ्ग प्रोफेशनलसहरुले एक आपसमा सिपात्मक ज्ञानको साटा साट गरेर दक्षता हासिल गर्ने र पर्यटन व्यवसायीहरुले पनि प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त हुने भएकोले राष्ट्रिय तहकै पर्यटनको निकै महत्वपूर्ण कार्यक्रममा सम्पूर्ण पर्यटन व्यवसायी तथा सहसिक खेल प्रेमिहरुलाई सहभागिताको लागि पहल गरिएको छ । साथै यस विधालाई सुरक्षित व्यवसायिक विकासका लागि छाँगा वरोहणको तर्फबाट राफ्टिङ्ग जस्तै गरि क्यानोनिङ्ग विधाको पर्यटकीय विकासका गर्न सबै क्षेत्रको सहयोगको अपेक्षा पनि नेपाल क्यानोनिङ्ग संघले गरेको छ ।
नेपाल क्यान्योनिङ एसोसिएसानको आयोजक ्र धार्चे गाउँपालिकाको साह–आयोजक ्र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रर्वद्धन तथा अन्य पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्था र व्यवसायीहरुको सहयोगमा हुन लागेको यस रन्देभूमा ३०० भन्दा बढि सहभागीहरु हुने छन भने १० जनालाई धार्चे गा.पा.को लोकल स्थानिय सहभागीहरुलाई entry लेभल क्यानोनिङ्ग गाईड तालिम दिईने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१