सुमार्गी देश दौडाहामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७६, बुधबार १३:००

उद्माेग बाणीज्य महासंघघको आसन्न निर्बाचनलाई केन्द्रित गर्दै मकवानपुर उधोग बाणिज्य संघले देश दौडाहालाई तिब्रता दिएको छ । मकवानपुर उधोग बाणिज्य संघले हालका केन्द्रिय सदस्य अरुणराज सुमार्गीलाई जिल्ला नगरको उपाध्यक्षतर्फका लागी उमेदवार बनाएको छ ।

देश दौडाहामा चुनाबी प्रचारमा निस्केको टोलीमा संघका अध्यक्ष कृष्ण कटुवाल उपाध्यक्ष कृष्ण गुप्ता सहित सुमार्गी मत माग्दै मंगलबार कालिकोट पुगेको छ । मंगलबार दैलेखमा कार्यक्रम भएको छ । दैलेखमा उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कमान बहादुर खड्काले मकवानपुर उधोग बाणिज्य संघको टोलीलाई स्वागत गर्नु भएको थियो । उक्त अवसरमा दैलेख उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष कुल बहादुर बिक, पत्रकारहरु तथा बुद्धिजिविहरु सँग भेटघाट तथा कुराकानी भएको छ ।

भेटघाटमा नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगर उद्योग बाणिज्य संघको पृष्ठभुमीबाट आएको उम्मेदवारलाई छान्नुपर्ने ,अहिले देखिएका उम्मेदवारहरु जिल्ला नगरको अध्यक्ष समेत नभएको र अन्य क्षेत्रबाट आएका उम्मेदवारहरु भएकाले उनिहरुलाई जिताएमा भोलीका दिनमा त्यसले गलत परिणाम दिने भएकाले,मकवानपुर उद्योग बाणिज्य संघ अध्यक्ष भइसकेको,क्षेत्रिय स्तरमा अध्यक्ष भइसकेको व्यक्ति मकवानपुर उद्योग बाणिज्य संघले ल्याएको हुनाले त्यसमा बिचार पु¥याउन अनुरोध गरिएको छ ।

भोली कालिकोट उद्योग बाणिज्य संघमा साधरणसभा रहेको त्यो साधरणसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले जानकारी दिएका छन ।

आजै बिहान सुर्खेत उद्योग बाणिज्य संघ र जुम्ला उद्योग बाणिज्य संघको उद्योगी व्यवसायीहरु सँग पनि मकवनापुर उद्योग बाणिज्य संघको टोलीले भेटघाट गरेको छ । उक्त कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर राउत र महासचिव लक्ष्मण कंडेलले मकवानपुर उद्योग बाणिज्यसंघको टोलीलाई स्वागत गरेका थिए । त्यस्तै आजै भएको अर्को कार्यक्रममा कर्णाली उद्योग बाणिज्यसंघका अध्यक्ष पदम बहादुर शाहिले स्वागत गरेका थिए ।

त्यस्तै अर्को कार्यक्रममा जुम्ला उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष गोविन्द बहादुर शाहिले मकवानपुर उद्योग बाणिज्य संघको टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा कर्णाली प्रदेशका व्यवसायी कमल बहादुर खड्का पनि साथै रहेका थिए । त्यस्तै सोही अवसरमा सुर्खेत जिल्ला प्रहरी कार्यालयका डिएसपी लगायत सँग पनि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले समसामयीक विषयमा कुराकानी गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१