यि हुन् प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्ने चिकित्सक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७६, मंगलवार १०:१३

काठमाडौं । प्रधानमन्त्री केपी ओली दोश्रो पटक मृगौला प्रत्यारोपणका लागि आज अस्पतालमा छन् । उनको उपचार स्वदेशी चिकित्सकले गर्छन् की विदेशवाट पनि चिकित्सकहरु निम्त्यााईएको छ ? यो विषयमा आम सर्वसाधारणलाई प्रधानमन्त्रीको निजी सचिवालय देखि अस्पताल सम्मले केही बताएका छैनन् । तर उनको उपचारमा विदेशी चिकित्सकलाई पनि नेपालभित्रै निम्त्याएर उपचार हुदैंछ ।

पहिलो पटक मृगौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्तकुमार पनि प्रधानमन्त्रीको मृगौला पूनः प्रत्यारोपणमा सामेल हुने उच्च स्रोतले जनाएको छ । ओलीले १३ वर्ष अघि दिल्लीको अपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएका थिए । त्यसबेला चर्चित मृगौला प्रत्यारोपणका चिकित्सक अनन्तले नै उनको मृगौला प्रत्यारोपण गरेका थिए ।

उनी हिजै नेपाल आईसकेको स्रोतले बताएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भारतीय चिकित्सकसहितको नेपाली टोलीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमै पुगेर छलफल गर्दैछ । त्यसपछि उनी दिउँसो अस्पताल भर्ना हुन जाने तयारी छ । पर्सि बुधबार उनको मृगौला पून प्रत्यारोपण गरिदैछ । त्यसका लागि ३१ वर्षिय झापाका एक महिला आफन्तलाई तयारी अवस्थामा राखिएको छ ।

ओलीको मृगौला प्रत्यारोपणका लागि नेपाली चिकित्सकको टोलीमा डा. प्रेम ज्ञवालीको नेतृत्वको टोली पनि हुनेछन् । प्रधानमन्त्रीको निजि चिकित्सक डा दिब्या सिंह, डा अरुण सायमी लगायत पनि टोलीमा सहभागी हुनेछन् । तर यसबारे सम्बन्धित अस्पतालका चिकित्सकहरु र प्रधानमन्त्री ओलीको सचिवालयले केही बताएको छैन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१