विदेश पढ्न जाने नेपाली विद्यार्थीलाई सरकारले तत्काल एनओसी नदिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७६, सोमबार ०९:५३

विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ एनओसी नपाउने भएका छन् ।

आइतवार बसेको मन्त्रिपरिषद बैठले तत्कालका लागि विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशमा फैलिएपछि मन्त्रिपरिषदले विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा एनओसी लिनुपर्ने हुन्छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन जनाएपछि सरकारले नियन्त्रण र पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

सरकारले विमानस्थलमा सबैको जाँच गर्ने लागयतका निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१