लसुनको मूल्य आधा घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७६, आईतवार ०९:३२

भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो रू। २२० थियो । तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो रू। ७ सयदेखि ८ सयसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताए । भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो रू। ४२० कायम भएको छ । त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो रू। २८० रहेको छ ।

चीनबाट लसुन आयात हुन नसक्दा व्यापारीहरूले लुकाएर राखेको चिनियाँ लसुन अहिले बजारमा आउन समेत थालेको छ ।

( यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१