सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने शिक्षा ल्याउँछ : राष्ट्रपति भण्डारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७६, शुक्रबार ०६:१२

बैतडी/दार्चला । राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको पाटनमा रहेको भीमदत्त प्रावधिक शिक्षालयको नवनिर्मित भवन र छात्राबास भवनको उद्घाटन गरेकी छन्। शिक्षालयको उद्घाटन गर्दै भण्डारीले स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको शिक्षातर्फ सरकार लागेको बताइन्।

‘प्राविधिक शिक्षाले यूवाहरुलाई रोजगारी दिन्छ, सरकार अहिले त्यसतर्फ अग्रसर भएको छ।’ उनले भनिन्, ‘ग्रामीण क्षेत्रमा खुलेका प्राविधिक शिक्षालयले दुर्गमका विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच बढेको छ।’

दुर्गम क्षेत्रमा स–साना उद्योग सञ्चालनका लागि पनि प्राविधिक शिक्षाले सहयोग गर्ने उनले बताइन्। उनले भनिन् ‘स्थानीयस्तरमा रोजगारीको सिर्जनाका लागि कुटिर उद्योगहरु सञ्चालन हुनुपर्छ। यसका लागि प्राविधिक शिक्षा आवश्यक छ।’

एक अर्को प्रसंगमा राष्ट्रपति भण्डारीले सुदूरपश्चिमको संस्कृति निकै लोभलाग्दो भएको बताइन। यहाँको संस्कृतिका कारण मात्रै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उनको भनाई छ। भण्डारीले भनिन्, ‘सुदूरपश्चिमका धार्मिक क्षेत्र, ड्यौडा गीत, गौरापर्व लगायतका संस्कृतिहरु निकै लोभलाग्दा छन्। यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग गर्छ।’

राष्ट्रपति भण्डारीले बैतडीको त्रिपुरा सुन्दरी र दार्चुलाको मालिकार्जुनको मन्दिरमा दर्शन र पुजापाठ गरेकी छन्। दार्चुलाको मालिकार्जुनको दर्शनपछि उनले बैतडीको दशरथचन्द नगरपालिकामा रहेको त्रिपुरासुन्दरीको दर्शन गरेकी हुन्।

बैतडीमा, त्रिपुरासुन्दरी भगवती मन्दिरको दर्शनपछि राष्ट्रपतिलाई दशरथचन्द नगरपालिकाले नागरिक अभिनन्दन गरेको छ। बैतडीको पाटनमा नगरपालिकाले पनि राष्ट्रपतिलाई नागरिकका तर्फबाट अभिनन्दन गरेको छ। दुवै नगरपालिकाले राष्ट्रपतिको भ्रमणमा स्वागतका लागि भन्दै सार्वजनिक बिदासमेत दिएको थियो।

यता दार्चुलाको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हरेक समस्या समाधान गर्न आफु तत्पर भएको बताए । उनले भनिन्, ‘दार्चुलाका आम मानिसहरुले हाम्रा पीडाहरु सुन्दैनन् भन्ने थियो त्यो कदापी हुन सक्दैन । केन्द्रमा हामी त्यतिकै बसेका छैनौँ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१