संसदबाट भागेको छैन, म कुनै समय त्यहाँ गएर जवाफ दिन्छुः प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७६, शुक्रबार ०६:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसदबाट नभाग्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आफू कहिल्यै संसदबाट नभागेको बताए ।

उनले भने, “संसदमा बोल्दाखेरि हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसदमा दुई तिहाई ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिन ।” उनले आफू कुनै समय संसद् जाने र प्रतिपक्षको कुरा सुनेर जवाफ दिने पनि स्पष्ट गरे ।

“प्रधानमन्त्री विभिन्न कामले सधैँ संसदमा पुग्न सक्दैन,” उनले भने, “म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु ।”

प्रतिक्रिया