पसलको ठिक अगाडि खुर्सानी र कागती झुण्ड्याउनुको यस्तो छ बैज्ञानिक कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७६, बिहीबार ०६:११

ज्योतिषी दुर्गा प्रसाद भण्डारी – हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुसानि झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको मनमा उठने प्रश्न हो तर हामि यसको कारण खोज्न तिर लाग्ने भन्दापनि रुडिबादि परम्परा होला भनेर भनिदिन्छौ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको र अन्धविश्वास भनेर टार्न त सकिएला तर यसको बैज्ञानिक कारण पनि छ ।

वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । हुन पनि घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ र तपाई बस्ने वरिपरिको बाताबरण स्वच्छ बनाउँदछ । सबैले घरमा रुख रोप्न नसक्ने भएकाले कागती र खुर्सानीको एक सेटले काम चलाउँछन् । कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ ।

यसले मूड पनि फ्रेश गराउँछ र हाम्रा घर वरिपरि भएका किराहरु भगाउँदछ । यस्ता कागती एक हप्ताभित्र बासी हुने भएकाले प्रत्येक हप्ता परिवर्तन गर्नुपर्छ । हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् । एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ । आफ्नो ढोकामा झुण्ड्याउनुस् र प्रत्येक हप्ता परिवर्तन गर्नुस् । यो देखावटीको वस्तु होइन, स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१