उद्योग वाणिज्य महासंघमा सुमार्गीकाे कुटनीती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०७६, मंगलवार ०९:२८

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा एबं अधिबेशन आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ । महासंघको विधानमा केन्द्रको निर्वाचन हुनुभन्दा दुई महिना अघि नै प्रदेशको निर्वाचन गर्नुपर्ने प्रावधान भएपनि अब केन्द्रको निर्वाचन पछि मात्र प्रदेशको निर्वाचन हुने भएको छ । महासंघको अन्तिम कार्यकारिणी बैठकले विधान संशोधनको जिम्मा भने नवनिर्वाचित कार्यसमितिलाई दिने निर्णय गरेको छ ।

महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै स्वत अध्यक्ष हुनेछन् । तर साधारणसभाको रोचक पक्ष भने वरिष्ठ उपाध्यक्षमा ठुलो भाले भीडन्तलाई लिइएको छ । हालको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वत अध्यक्ष हुने भएकोले यो पदमा दुईजना हेभिवेटको प्यानलसहितको चुनावी सरगर्मी रोचक बन्दै गएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधान र एशोसियट उपाध्यक्ष चन्द्र ढकालले यसअघि नै उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । यो साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरुको निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षसहितको पदाधिकारी र सदस्यमा दुई गुटमा विभाजित भएर उद्योगी व्यवसायीहरु चुनावमा होमिन लागी सकेकाछन । एउटा गुटको नेतृत्व किशोर प्रधानले गर्दैछन् भने अर्को गुटबाट चन्द्र ढकालले गरीरहेकाछन ।
प्रधान गुटबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठको चर्चा चलेको छ भने ढकाल गुटबाट जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी र गुणनिधी तिवारी दुई मध्ये एक र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठको चर्चा हुने गरेको छ । रोचक कुरा ढकालको प्यानलबाट अरुणराज सुमार्गी र गुणनिधि तिवार्रीको नाम चर्चामा रहेपनि सुमार्गीले भने कस्को प्यानलबाट आफु उम्ेदवारी दिने भन्ने प्रष्ठ पारेका छैनन । उनि एक्लै मैदानमा निस्केकाछन् । जिल्ला नगर उपाध्यक्षको पदका लागी उनी उमेदवारी घोषणा गरेर पुर्ब देखी पशिचम सम्म चुनाबी प्रचारमाछन् । उनि बलिया उमेदवार पनि हुन । बलियो उमेदवारी भएकै कारण सुमार्गीलाई ढकाल र प्रधानको प्यानलले बोक्न खेजिरहेको देखीन्छ । सुमार्गीले अहिले सम्म कुन प्यानल बाट आफु अगाडी बढने भन्ने निर्णय गरीसकेको अबस्था छैन ।

यसअघि उनले मकवानपुर उधोग बाणिज्य संघको अध्यक्षहुदै मध्यमाञ्चल उधोग बाणिज्यको अध्यक्ष तथा देश संघीएतामा गईसकेपछि प्रदेशको संयोजक भएर महत्वपुर्ण कार्य समहालीसकेका ब्यक्ती हुन । उनले संयोजक भएपछि पनि निर्वाचन गराएर दिनेश श्रेष्ठ लाई प्रदेशको अध्यक्ष बनाएका थिए । उता दिनेश भने अघिल्लो निर्बाचनमा अर्को प्यानलबाट चुनाब लडेका थिए र पराजित भएका उमेदवार हुन ् । हाल यिनलाई उधोग बाणिज्य संघमा बस्तुगत तर्फबाट मात्र नेतृत्व गरेको बुझिन्छ । यो अबस्थामा उनलाई अगाडी बढन निकै कठिनाई छ । उता
तिवारी यस अधि जिल्ला उधोग बाणिज्य संघको अध्यक्ष समेत नबनेका ब्यक्तीहुन । यिनी गएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काग्रेशको तर्फबाट नवलपरासीका बागी उमेदवार समेत थिए । यो निर्वाचनमा पनि यिनले पराजय भोगीसकेकाछन् । दबै प्यानलका प्यारो उमेदवार देखिएका सुमार्गी अहिले सम्म एक्लै चुनाबी मैदानमा भिडनुले कुन रुप लिन सक्छ केही दिनमा थाहा हुनेछ ।
तर दुवै गुटबाट एशोसिएट उपाध्यक्षमा कसलाई उठाउने भन्ने निर्णय अझ भईसकेको छैन् । उद्योगी व्यवसायीहरु दुई गुटमा बाँडिएर चुनाव लड्न कस्सिएपछि महासंघको राजनीति थप पेचिलो बन्दै गएको छ । प्रधान गुटलाई शेखर गोल्छा लगायत मारवाडी समुहको सर्मथन प्राप्त भएकोले ढकाललाई चुनाव जित्न फलामको चिउरा चपाउनु सरह हुने उद्योगी व्यवसायी बीच चर्चा हुने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१