सुनको मूल्य बढेर अहिले सम्मकै उच्च्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७६, सोमबार १३:४४

काठमाडौं । सुनको मुल्य अहिले सम्मकै महंगो भएको छ । आज सोमबार प्रतितोला ८० हजार ३ सय कायम भएर हाल सम्मकै किर्तिमान राखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । फागुन पहिलो सातादेखि लगातार उकालो लाग्दै आएको सुनको भाउ अझैँ रोकिएको छैन ।

आज तेजावी सुनको मूल्य ८० हजार कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबारको तुलनामा रु ५ ले बढेर ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा सुनको मुल्य प्रतितोला रु १५ सयले बढेको छ ।

लगातार सुनको मूल्य बढेसंगै सुन बिक्रि हुन् छोडेको व्यवसायीहरु बताउछन् । चिनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण सुनको मुल्य दिनप्रतिदिन बढिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१