फेसबुकले प्रयोगकर्तालाई पैसा बाढ्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७६, सोमबार ०९:५९

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोकर्तालाई पैसा बाढ्ने नीति लिएको छ ।

फेसबुकले प्रयोगकर्तालाई भ्वाइस रेर्कडिङ्ग गरेबापत पैसा दिने भएको हो । कम्पनीले भ्वाइस रिकग्निशन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो ।

डाटा प्राइभेसीसँग जोडिएको फेसबुकको प्रभावकारीता हाल सबैमाझ सार्वजनिक भईसकेको अवस्थामा यस कामको पछाडिको कारण के हो भन्न बुझिएको छैन ।

हालै सार्वजनिक एक रिर्पोट अनुसार फेसबुकले भ्वाईस रेकर्डिङ्ग गर्नेहरुलाई अंग्रेजीमा ‘हे र्पोटल’ Hey Portal बोलेपछि फेसबुक फ्रेन्डलिस्टको अगाडीको पहिलो नाम बोल्नु पर्नेछ ।

रिर्पोट अनुसार यदि प्रयोगकर्ताले आफ्ना फ्रेन्डहरुको नाम १० पटक लिन सक्दछन भने प्रत्येक स्टेटमेन्टलाई दुईपटक रेर्कड गराउनु पर्नेछ ।

एक सेट रेर्कडिङ्ग पुरा गरेपछि यूजरले २०० प्वाइन्ट्स पाउने छन् । यद्पी १०,००० प्वाइन्ट्स नपुगी पैसा भने पाइने छैन्।

यसको कारोबार पेपालको माध्यमबाट गरिने छ र रेर्कडको रुपमा यस प्रोग्राममा भाग लिने यूजरलाई पाँच डलर प्रदान गरिने छ ।फेसबुकका अनुसार प्रयोगकर्तालाई पाँच सेट रेकर्डिङ्गको मौका प्रदान गरिने छ ।

रिर्पोटअनुसार फेसबुकले प्रयोगकर्ताबाट प्राप्त भ्वाइस रेकर्डिङ्गलाई कम्पनीको प्रोफाइलसँग कनेक्ट नगरिने बताईएको छ ।

पोलिसीको अनुसार कम्पनीले आफ्नो भ्यु प्वाइन्ट्सको एक्टिभिटी फेसबुक वा फेसबुकको अरु प्लेटफर्ममा यूजरहरुको अनुमती बिना शेयर गर्न पाइने छैन ।

हाल प्रोनाउनशिएशनको यस प्रोग्राम अमेरिकी प्रयोगकर्ताका लागि मात्रै रहेको छ । यसका लागि प्रयोगकर्ताहरुको फ्रेन्डलिस्टमा कमसेकम ७५ जना साथीहरु हुन पर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१