सुन प्रतितोला ८० हजार पुग्ने अनुमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७६, आईतवार १३:२०

पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ । आइतबार पनि तोलामा रु ७ सय बढेर तोलाको ७८ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हाल सम्मकै उच्च हो ।

त्यस्तै आज तेजाबी सुनको मुल्य ७८ हजार ५ सय कायम भएको छ । चाँदीको मूल्य पनि बढ्ने क्रममै रहेकोछ । आज प्रतितोला चाँदीको मूल्य ९ सय २० मा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।

चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१