अर्थमन्त्री डा. खतिवडाले पाए सञ्चार मन्त्रालयको जिम्मेवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७६, शुक्रबार ०६:०५

काठमाडौँ । अर्थमन्त्री डा. खतिवडाले सूचना तथा सञ्चारप्रविधि मन्त्रीको समेत सजम्मेवारी पाएका छन् । निवर्तमान मन्त्री गोकुल बाँस्कोटाले नैतिकताका आधारमा बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी समेत अर्थमन्त्री डा. खतिडालाई दिएका हुन् ।

यस्तै राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री ओलीको सिफरिसमा सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई दिएकी छन् । यसअघि समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी मन्त्रालयको जिम्मेवारी पनि बाँस्कोटाले सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१