दोलखा भीमसेनको मुर्तिमा पसिना आयो ,क्षमा पुजा गरिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७६, बिहीबार ११:३४

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । दोलखा भीमसेनको मुर्तिमा पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ । भीमसेनको मुर्तिमा पसिना आएपछि क्षमा पूजा गर्न सुरु गरिएको छ ।

भीमसेनको मुर्तिमा आज विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको बताईएको छ ।

मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई खबर गरेका थिए ।

दोलखा भीमसेनको मुर्तिमा पसिना आएको छ महिना भित्र मुलुकमा अनिष्ट हुने जनबिस्वास रही आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१