चिनियाँ दूतावासको विज्ञप्तिप्रति नोजाको आपत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७६, बिहीबार ०५:५८

कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ।

चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ।

‘प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो। कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ ।

यसअघि मंगलबारको काठमान्डु पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको आर्टिकल छापेको थियो।

कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति संघको असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा नाघेको संघका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगानाको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१