ज्ञानमणि कालोटोपी
हामी अहिले २१ औं शताव्दीको मध्य चरणमा छौं । यसै अनुशार हामी आधुनिकताका कुरा गछौं र समय परिवर्तनशिल छ पनि भन्छौं । हामी अरुलाई यो गर्न हुन्छ, यो हुदैन भनेर सिकाउँछौं पनि । तर दुर्भाग्य हामी आफैं चाहिं के गरिरहेका छौं त्यो चाहिं ख्याल गर्दैनौं ।
सडकपेटीमा फोहोर ग¥यो भने हामीलाई अफ्ठ्यारो पर्छ भन्ने थाहा छ तैपनि केहि थाहा नभए झैं हामी पेटीमै दिशापिसाव गरिरहेका हुन्छौं । जहाँ फोहोर नफालौं भनेर बोर्डहरु राखिएका छन् त्यहि ठाउँमा लगेर फोहोर फाल्छौं । यति मात्र होइन , शहर बजारमा घर हुनेहरुको हिजोआज एउटा आदत नै बसिसकेको छ । घरमा जम्मा भएको फोहोर र फोहोर पानी झ्यालबाट बाहिर फ्याँक्ने । यसो गर्दा सडकमा हिंडिरहेका बटुवाहरुलाई समस्या पर्छ भनेर उनीहरुले कहिले सोच्ने हुन् कुन्नी ? यो हामीले कति राम्रो ग¥यौं अथवा नराम्रो त्यसको थोरैपनि मतलव राख्दैनौं ।
सडक पार गर्दा दुर्घटना नहोस् भन्नका लागि ठाउँ–ठाउँमा जेब्राक्रसिङ्गहरु राखिएका छन् । कतिपय ठाउँमा आकाशेपुल पनि बनाईएका छन् । तर हामीले त्यता तिर ध्यान पु¥याएका छैनौं । बरु आकाशे पुलको मुनीबाटै सडक पार गरिरहेका हुन्छौं । त्यति बेला सडकका वीचमा राखिएका फलामे बारहरु र डिभाइडरहरु पनि हाम्रा लागि सामान्य लाग्न थाल्छ , हामी मजाले फड्का मार्छौं । यति मात्र होइन, सडकपेटी सवारीसाधन गुडाउनका लागि होइन भन्ने हामीले कहिले पनि सोच्न भ्याएनौं । जहाँ पार्किङ निषेध गरिएको छ , त्यहि ठाउँमा लगेर सवारीसाधन पार्किङ गर्छौं । थोरै ख्याल नगर्दा भएका र हुने गरेका सडक दुर्घटनामा अरुलाई दोष देखाउनु हाम्रो बानी जस्तै भईरहेको छ । मादक पद्धार्थ सेवन गरेर सवारी चलायो भने सडक दुर्घटना हुन सक्छ भन्ने हामीलाई राम्रो सँग थाहा छ । तर पनि हामीले हाम्रो पुरानो बानीमा परिवर्तन गर्न सकेका छैनौं ।
देशमा अहिले भ्रष्ट्राचार मौंलाउँदो छ , हामीले पहिले देखि नै पढेका र सुनेका नै हौं कि घुस खाने र घुस दिने देशका महान शत्रु हुन् , अनि घुस खानु अन्याय हो भनेर । तर अहिले यो भनाईमा पनि परिर्वतन भएको छ यसरी – घुस खानु अन्य आय हो । वास्तवमा त्यस्तै भएको छ । देशमा घुसखोरी नभएको कुनै क्षेत्र नै छैन । राजनितीक दलका नेताहरु र अधिकांस सरकारी कर्मचारीहरुले यसकै कारण जनताको रातो रगत र पसिना बगाएर तिरिएको करबाट सेता टलक्क टल्कने बंगलाहरु बनाएका छन् । देशमा यो कस्तो असमानता हो , यो जनताले बुझ्न सकेका छैनन् ।
हाम्रो देश र हिन्दु धर्ममा छोरीचेलीलाई लक्ष्मीको रुपमा पुजिन्छ । यो हाम्रो पुरानो संस्कृती हो । तर दुर्भाग्य विगत एक दशक देखि हामी छोरीचेलीलाई बेचविखन गर्न थालेका छौं । उनीहरु आफ्नै हाडनाता पर्नेहरुबाटै बलात्कृत र घरेलु हिंशाका पीडित हुने गरेका छन् । यति मात्र होइन , राष्ट्रिय जनावरको रुपमा मानिंदै आइएको गाईको मासु बेचविखन गर्न पनि हामी तल्लिन छौं । यो हामीले राम्रो ग¥यौं त ? खै सोच्न भ्याएको यतातिर ??
पछिल्लो डेढदशक देखि देशका सरकारी जग्गाहरु र साँस्कृतिक सम्पदाहरु नासिने क्रममा मात्र छैनन् , अतिक्रमणको चपेटामा पनि परेका छन् । कति त आफ्नो अस्तित्व नै हराएर उजाड जंगल जस्तै भएका छन् । वनजंगल र त्यहाँका जंगली जनावरहरु शिकारी र तस्करीको पञ्जाबाट उम्कन सकेका छ्रैनन् । दिनदहाडै चोरी र डकैत पनि अस्वभाविक रुपमा वढेको छ । यो त पक्कै पनि राष्ट्रघाती कार्य हो नि , यस तर्फ अहिले सम्म सोच्न नभ्याएका हामीहरुले कहिले सोच्ने हो कुन्नी ?
हामी मध्ये कतिपय शिक्षक पेशामा पनि आबद्ध छौं । विद्यार्थीहरुलाई हामी अनुशासनको पाठ सिकाउँछौं । ध्रुम्रपान, मध्यपान गर्न हुदैंन भन्छौं । तर विद्यालय छेउमै उनीहरुकै अगाडि चुरोट सल्काउँछौं । त्यस्तै परे विद्यार्थीहरुलाई नै किन्न पठाउँछौं । नैतिकताको पाठ सिकाउने हामीहरु आफैं अनैतिक व्यवहार सुधार्न तयार छैनौं भने हामीले सिकाएकाहरु भोली कस्ता बन्लान् , यतातिर सोचेनौं भने के होला ?
यहाँ एउटा÷दुइटा क्षेत्रको मात्र कुरा गरेर केहि हुदैन । यस्ता धेरै क्षेत्रहरु छन् , जहाँको नियम र परिधी बुझेर पनि हामी नबुझे जस्तै गरिरहेका छौं । देश संचालनका लागि नियम कानुन छन् । एउटा विशाल र भिमकाय जनावर हात्तीले पनि नियमको परिधीमै बसेर माउतेले जे भन्छ त्यसै अनुशार गर्छ । रेल आफ्नो लिक छोडेर बाहिर गएमा भयानक दुर्घटना भएको हामीले देखे सुनेकै हो । त्यसो हो भने हामीले थाहा पाएका कुराहरुलाई सहिरुपमा व्यवहारमा उतार्न प्रयास गरेमा त पक्कै हामी सभ्य बन्ने रहेछौं नि , यस तर्फ आजैबाट नसोच्ने हो भने हामीले कहिले सोच्ने ? अनि कसरी र कहिले बनाउँने नयाँ नेपाल ? यस्ता विषयहरुमा जिम्मेवार भएर आजै देखि सोच्न आवश्यक भएको छ ।
प्रतिक्रिया