ड्राइभरमाथि पोखिन् मलाइकाले रिस, सामाजिक सञ्जालमा भिडियो भाइरल !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७६, बुधबार ०५:४०

बलिउड कलाकार मलाइका अरोरा कुनै न कुनै कारण चर्चामा आउने गर्छिन् । पछिल्लो समय उनी अभिनेता अर्जुन कपूरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् ।

अहिले फेरि अर्को कारणले पनि उनको चर्चा थपिएको छ ।

मलाइकाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । उक्त भिडियोमा मालाइका रिसाइरहेकी छिन् । भिडियोमा फोनमा मलाइकाले कसैसँग आवेशमा आएर बोलिरहेको देखिन्छ ।

भिडियोमा अमृता अरोरालाई पनि देख्न सकिन्छ ।

भिडियोका अनुसार अमृता र मलाइका एअरपोर्ट बाहिर बसेर ड्राइभर कुरिरहेका हुन्छन् ।

भिडियोमा मलाइकाले ड्राइभरलाई रिसाउँदै आफूहरु उता नजाने बरु ट्रली लिएर आफै आउन भनिरहेकी हुन्छिन् । यो मोमेन्टलाई पत्रकारले आफ्नो क्यामरामा कैद गरेका छन् ।

पछिल्लो मलाइका र अर्जुनले छिट्टै नै बिहे गर्ने सम्भावना भएको भन्दै समाचार बाहिर आउन थालेको छ । अर्जुन र मलाइकाले छिट्टै बिहे गर्ने गसिप चल्दै आएको छ । यी दुई धेरैजसो समय एकसाथ देखिने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१