स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७६, बुधबार ०५:३४

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।

आगामी फागुन १४ गते तोकिएको स्ववियुको निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित गर्ने सूचना आएको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जानकारी दिएको हो ।

स्ववियू निर्वाचनका लागि विद्यार्थी संगठन एकमत हुन नसकेपछि स्ववियू चुनाव स्थगित गर्नुपरेको निर्देशनालयको भनाइ छ ।

सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकमा स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आबद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले छलफल नै नगरी त्रिविले स्ववियू निर्वाचनको मिति तोकेको भन्दै असहमति जनाएको थियो ।

नेविसंघले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न समेत माग गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१